२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कच्चा तेलको मूल्य प्रतिब्यारेल पुग्यो ११७ डलर

अ+ अ-

काठमाडौँ । रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ ।

बिहीबार (साढे १२ बजे) प्रतिब्यारेल कच्चा तेलको मूल्य अघिल्लो दिनको तुलनामा ३.५८ प्रतिशतले बढेर ११७ डलर पुगेको छ । त्यस्तै डब्लुटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ११४ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०१४ यताकै उच्च हो ।

रुसले युक्रेनका शहरमा आक्रमण बढाएसँगै कच्चा तेलको मूल्य महँगिएको हो । विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस तेस्रो स्थानमा पर्छ भने धेरै ग्यास निर्यात गर्नेमा दोस्रो ठूलो मुलुक हो । विश्वमा १० प्रतिशत तेलको आपूर्ति रुसले नै धानिरहेको छ ।

रुसले ठूलो परिमाणको तेल हातहतियार उत्पादनका लागि भण्डारण गरेको आरोप अमेरिका, बेलायत, क्यानडा लगायतका मुलुकहरुले लगाउँदै आएका छन् । यद्यपी रुसबाट आपूर्ति हुने ग्यास र तेलमा कुनै बाधा नपुऱ्याउने यी मुलुकहरुले बताउँदै आएका छन् । कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ ।

यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दवाव परेको छ । अर्कोतर्फ निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको ब्यापार घाटा यसले झनै बढाउने छ ।

नेपालमा आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो छ । साउनदेखि पुस मसान्तसम्म मात्रै कुल १ खर्ब ३२ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । कुल आयात हुने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा मात्रै १३.२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।