२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसियाका ९ हजार सैनिक मारिएको युक्रेनको दाबी

अ+ अ-

बेलायत । रसियाका ९ हजार सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। युद्धमा दुवै देशले सैनिक मारेको दाबी गर्दै आएका छन्। बुधवार रसियाको रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा ४९८ सैनिक मारिएको र १५९८ जना घाइते भएको जनाएको थियो।

सैनिकतर्फको क्षतिमा युक्रेन र रसियाले फरक फरक तथ्याङ्क सार्वजनिक गरेका छन्। संयुक्त राष्ट्र सङ्घका अनुसार बुधवारसम्म २२७ युक्रेनी नागरिकको मृत्यु र ५२५ जना घाइते भएका छन्।

संयुक्त राष्ट्र सङ्घका अनुसार रुसी सेनाले युक्रेनको महत्त्वपूर्ण सहर खेरसन समेत कब्जा गरेको छ। मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही सुरु गरेको थियो।

बेलायत, अमेरिका, क्यानडा र युरोपेली सङ्घलगायत धेरै देशले युक्रेनमा रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्ध लगाएका छन्। यी देशहरूले युक्रेनलाई रुससँग लड्न सैन्य सहयोग गर्ने वाचा पनि गरेका छन्।

युक्रेनमा रुसले आक्रमण गरेपछि त्यहाँबाट करिब १० लाख मानिस पलायन भएका छन्। संयुक्त राष्ट्र सङ्घका अनुसार रुसी हमलाको कारण अहिलेसम्म १० लाख मानिस युक्रेनबाट छिमेकी मुलुकमा पलायन हुन बाध्य भएका हुन्।