२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रान्सफर्मर जलेपछि सबस्टेशन नै बन्द

अ+ अ-

काठमाडौँ । बिग्रिएको ट्रान्सफर्मर मर्मत र परिवर्तन नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको सबस्टेशन बन्द भएको छ ।

विद्युत्को भार थेग्न नसकेपछि सो सबस्टेशनमा जडान भएको एक मात्र तीन एमबिए क्षमताको ट्रान्सफर्मर २०७८ जेठमा जलेको थियो । त्यहाँबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा केन्द्रीय लाइनको विद्युत् वितरण हुँदै आएको थियो ।

दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना बन्द भएपछि १३.६ मेगावाट क्षमताको थापाखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ३३÷११ केभीमा सिङ्क्रोलाइज (आन्तरिकीकरण) गरी घरापबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । थापाखोलाको विद्युत्लाई चोखोपानी सबस्टेशनमा चार्ज गरिएको छ । घलेम्दीको बिजुलीलाई दानास्थित सबस्टेशनमा लगिएको छ ।

तातोपानी साना जलविद्युत् र सबस्टेशनका प्रमुख शिवप्रसाद नेपालले वैकल्पिक सबस्टेशनबाट विद्युत् वितरण गर्नुपरेको बताए। “लामो समयको प्रयासपछि ६.८ एमबिए क्षमताको ट्रान्सफर्मर ल्याए पनि क्रेन नहुँदा त्यसलाई उचालेर चौकामा राखी जडान गर्न सकेका छैनौँ”, उनले भने, “दानाको २२०÷१३२ केभिए सबस्टेशनको ३३÷११ केभिए लाइनबाट पर्वतको मिलनचोक सबस्टेशनबाट विद्युत् वितरण गरिएको छ ।”

पुराना र जीर्ण ३३÷११ केभिए ट्रान्सफर्मर र प्रसारण लाइनमा बढी क्षमताको विद्युत् पठाइएकाले भार थेग्न नसकी ट्रिप (सबस्टेशनमा विद्युत् काटिने) समस्या थियो । सबस्टेशन बन्द भएपछि लामो दूरीमा वितरण गर्दा विद्युत् आपूर्ति अनियमित हुन थालेको अन्नपूर्ण–३ दानाका गङ्गा पुनले बताउनुभयो । दुई वटा जलविद्युत् आयोजना र बेनी–जोमसोम–कोरला सडक आयोजनाका अस्थायी क्रसरमा विद्युत् आपूर्तिमा समस्या आएको छ ।

घरापमा विसं २०४६ मा नेपाल विद्युत् प्राधिकरणले धवलागिरि क्षेत्रमै पहिलो पटक तातोपानी साना जलविद्युत् आयोजना निर्माण गरेर म्याग्दी, पर्वत, मुस्ताङ र बागलुङका बस्तीमा उज्यालो पुर्‍याइएको थियो । गत वर्षदेखि सञ्चालनमा आएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलविद्युत् आयोजनाले तातोपानी सानाको मुहानभन्दा माथि बाँध बानेर पानी लगेको छ ।

खोला सुकेपछि हिउँदमा तातोपानी साना जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गर्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको तातोपानी साना जलविद्युत् आयोजनाको ऐतिहासिक विरासत अन्त्य भएको छ ।

आयोजनाको विद्युत् गृहका टर्राइन, जेनरेटरलगायतका उपकरण मर्मत हुन नसक्दा १५ वर्षदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको थिएन । पाँच सय किलोवाट मात्र विद्युत् उत्पादन हुने गरेको थियो । चार वटा टर्राइन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने अवस्थाका छन् ।