२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणकाजी समूह माओवादी बैठकमा जाने

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा नेतृत्वसँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ समूह केन्द्रीय समिति बैठकमा जाने भएको छ ।

माओवादीले केन्द्रीय समितिको बैठक २० फागुनमा बोलाएको छ, जहाँ अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्ने तयारी छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्दा नारायणकाजी समूह असन्तुष्ट भएको थियो ।

यो समूहका सांसदद्वय गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले  एमसीसी सम्झौता अनुमोदनको निर्णय हुँदा संसद्मा विरोध जनाएका थिए ।

एमसीसी अनुमोदन भएको भोलिपल्ट पत्रकार सम्मेलन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेर गए हुन्छ भन्ने आशयको अभिव्यक्ति दिएपछि नारायणकाजी समूह असन्तुष्ट बनेको छ । यो समूहका नेताहरूको छलफलमा पार्टी फुटाउने कि माओवादीमै बसेर सङ्घर्ष गर्ने भन्ने बहस छ ।

नेता गिरिराजमणि पोखरेल भन्छन्, ‘केन्द्रीय समितिको बैठकमा जाने र आफ्ना कुरा राख्ने सल्लाह भएको छ ।’ उनका अनुसार एमसीसी सम्झौता र संसदले गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे आफ्नो मत राख्ने यो समूहको तयारी छ ।