२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु, आफन्तद्वारा टायर बालेर विरोध प्रदर्शन

अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीको कुटाइबाट कालिकोटका एक युवकको मृत्यु भएको छ । उनको मृत्यु भएसँगै आफन्त र स्थानीयले प्रहरी विरुद्ध प्रदर्शन गरेका छन् ।

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइपछि कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मीन हमालको शनिवार बिहान सुर्खेत अस्पतालमा मृत्यु भएको हो ।

उनको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय बासिन्दाले वीरेन्द्रनगरको मंगलगडी चोकमा प्रदर्शन गरेका छन् । उनीहरूले सवारी साधनमा रोक लगाइ चोकमा टायरसमेत बालेका छन् ।

उनी नेपालगन्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जाँदै गर्दा वीरेन्द्रनगरस्थित सुब्बा कुना प्रहरी चेकपोस्टमा सामान बढी हालेको विषयमा प्रहरीसँग वादविवाद भएको बताइएको छ ।

विवादकै क्रममा प्रहरीले कुटेको मृतकका आफन्तले बताएका छन् । प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको र शरीरमा नीलडाम जताततै भएको आफन्तको आरोप छ । उनको शव सुर्खेत अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।