२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्नुपर्छ : अर्थमन्त्री शर्मा

अ+ अ-

गण्डकी । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समुन्नतिका लागि सरकार र निजी क्षेत्र एक आपसमा सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

लेखनाथ महोत्सव–२०७८ को आज कास्कीको लेखनाथस्थित डाँडाको नाकमा उद्घाटन गर्दै उनले राजनीतिक एवं संवैधानिकरुपमा प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए ।

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै समुदायलाई आत्मनिर्भर बनाउनु आवश्यक भएकामा जोड दिँदै उनले कोरोनाका कारण अर्थतन्त्रमा असर पारेको उल्लेख गरे । कृषिमा चाँडो आत्मनिर्भर बन्न सक्ने देखिएको बताउँदै उनले त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रले राष्ट्रमा ७२ प्रतिशत योगदान गरेको बताउँदै उनले यस क्षेत्रलाई सरकारले अंशियारका रूपमा लिएको धारणा राखे । पोखरा पर्यटनको राजधानीका रूपमा रहेको चर्चा गर्दै उनले अझै पर्यटकीय पूर्वाधार भने पर्याप्त नरहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पुँजीगत खर्च गर्ने प्रणालीलाई परिवर्तन गर्न जरुरी रहेको आवश्यकता औँल्याए । आर्थिक समुन्नतिका लागि निजी क्षेत्र र सरकारबिचको सहकार्य जरुरी रहेको बताउँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमको वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष ढकालले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी आयोजित लेखनाथ महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आर्थिक समुन्नतिका लागि एकताबद्ध प्रयास हुनुपर्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्र धर आत्रेयले महोत्सवमा यो वा त्यो नभनी सबैको साथ र सहयोग भएको बताउँदै समाज एवं राष्ट्रको विकासका लागि पनि एकता जरुरी रहेको बताए ।

कोरोनाका कारण प्रभावित व्यवसायीलाई सरकारले राहत पुग्ने गरी नीति ल्याउनुपर्ने र घोषित कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग उनले गरे । नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सभापति शुक्रराज शर्माले समृद्ध गण्डकी प्रदेशको सपनासहित विभिन्न कार्यक्रमका साथ काँग्रेसले कार्यक्रम ल्याउन लागेको जानकारी गराए ।

पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले निजी क्षेत्र चलायमान नहुँदा अर्थतन्त्र प्रभावित हुने बताए । कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा (माओवादी केन्द्र) कास्कीका अध्यक्ष बखानसिंह गुरुङ, नेकपा (एमाले)का उपाध्यक्ष तेजनारायण अधिकारी, नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वासुदेव पोखरेल, नेपाल इको प्यानलका सुबोध त्रिपाठी, लेखनाथ उद्योग वाणिज्य सङ्घका उपमहासचिव जानुका अधिकारीलगायतले महोत्सवको महत्त्वका बारेमा धारणा राखेका थिए । महोत्सव चैत ७ गतेसम्म चल्नेछ ।