२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावी अभियानको रिपोर्टपछि तालमेलबारे निर्णय गर्छौँ : प्रकाशमान सिंह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताएका छन् ।

काठमाडौँको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने उनले बताए ।

चुनावी तालमेलका बारेमा अहिले काँग्रेसमा तीन थरी धारणा रहेको बताउँदै उनले भने, ‘घरघर जाऔँ, नेपाली काँग्रेसलाई जिताऔँ अभियानबाट रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ ।’

आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको पनि उनले बताए । ‘एक थरी एक्लै जानुपर्छ, अर्को थरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ । एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उनले भने ।

सत्तारुढ पाँच दलीय गठबन्धन काँग्रेसले चाहेर मात्रै नभएको बताउँदै उनले परिस्थितिजन्य कारणले यो गठबन्धन बनेको र सोही अनुसार आवश्यक निर्णय लिइने उनले बताए ।

काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पर्सामा आयोजित एक कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्म सत्ता गठबन्धन मिलेर जानुपर्ने अभिव्यक्ति दिएका थिए ।