एक पटक राष्ट्रिय परिचय पत्र दिने कार्यालयमा निकै चलाख र आफूलाई समाजकै जान्ने महसुस गर्ने एक जना महाजन गएछन् । ती महाजन र कर्मचारी बिच निकै ठुलो विवाद पर्यो ।
दुवैले एक अर्काको अगाडि पट्टीको दुवै दाँत छिट्टै झारिदिने कसम खाए र महाजन त्यहाँबाट निस्के ।
केही समयपछि महाजनलाई व्यापारको सिलसिलामा अमेरिका भ्रमणको जानु पर्ने भयो ।
महाजन राहदानी बनाउन जाँदा दरखास्त फाराम स्वीकार नै भएन । त्यसो हुनुको कारण परिचयपत्रमा रहेको हुलिया भन्ने पत्ता लाग्यो।
महाजनको परिचय पत्रमा यस्तो हुलिया लेखिएको थियो ‘अगाडीको दुवै दाँत फुक्लिएको’
महाजनले बाध्य भएर दुवै दाँत फुकालेर राहदानी बनाए ।
कतै हाम्रो नेपालको कर्मचारीतन्त्रले यसरी नै सेवा प्रवाह गरिरहेको त छैन अहिले पनि !







