२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एसियाली सम्मेलन काठमाडौँ हुँदै

अ+ अ-

काठमाडौँ । महिलाहिंसाविरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन दुई दिने दक्षिण एसियाली सम्मेलन हुने भएको छ ।

काठमाडौँमा सोमबारदेखि सुरु हुन लागेको उक्त सम्मेलनमा महिला हिंसाका विविध पाटोलाई उजागर गर्दै हिंसापीडितको न्यायमा पहुँच कसरी पुर्‍याउन सकिन्छ भन्नेमा जोड दिइने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपाङ्गता भएका महिला, यौनिक अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताइन् ।

उनले विगतको तुलनामा अहिले विश्वव्यापी रूपमा हिंसा बढ्नुका साथै तीनको स्वरूप पनि परिवर्तन भइरहेको बताउँदै अहिले डिजिटल प्रविधिको हिंसा, लिभिङ टुगेदर, मनोरञ्जन क्षेत्रमा काम गर्नेको पीडालगायत हिंसाको सम्बोधन हुन नसकेको विचार व्यक्त गरिन् । लैङ्गिक हिसाबले भ्रूण हत्यादेखि धर्तीमा वृद्ध हजुर आमामाथि हुने हिंसालाई केलाएर सम्बोधन गरिनुपर्ने र हिंसा प्रभावितलाई न्यायमा पहुँच दिलाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको अध्यक्ष पराजुलीको भनाइ थियो ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले महिला हिंसा भनेको मानव अधिकारको हनन् भएकाले यस्ता हिंसालाई अन्तर्राष्ट्रियरूपमै कसरी सम्बोधन र न्यूनीकरण गर्न सकिन्छ भन्ने विषय सम्मेलनमा उठाइने बताइन् ।

राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासङ्घ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाको संयुक्त आयोजनामा हुन लागेको दुई दिने सम्मेलनले महिला हिंसा अन्त्यका लागि सिडले गर्न नसकेको व्यवस्थालाई एक महिला महासन्धिमार्फत सम्बोधन गर्नका लागि सम्बन्धित देशका सरकारलाई घच्घचाउने काम पनि सम्मेलनमार्फत गरिने डब्लुएनएफकी अध्यक्ष शशि अधिकारले बताइन् ।

यही चैत १ र २ गते हुन लागेको सम्मेलनमा दक्षिण एसिया, अमेरिकालगायतबाट महिला अधिकारकर्मी, लेखक, मानव अधिकारकर्मी गरी विभिन्न देशका १०० जना सहभागी हुनेछन् भने सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम छ ।