२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी आक्रमणबिच रेलबाट युक्रेनको राजधानी पुगे तीन देशका प्रधानमन्त्री

अमेरिकी राष्ट्रपति बाइडेन अर्को साता युरोप जाने

अ+ अ-

काठमाडौँ । रुसले आक्रमण जारी राखेको युक्रेनको राजधानी किएभमा तीन युरोपेली मुलुकका प्रधानमन्त्री पुगेका छन्।

युक्रेनप्रति समर्थन जनाउँदै मंगलबार पोल्यान्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्रीहरू अचानक किएभ पुगेको न्यु-योर्क टाइम्सले जनाएको छ।

पोल्यान्डका मतेउज मोराभियास्की, चेक रिपब्लिकका पेतर फियाला र स्लोभिनेयाका प्रधानमन्त्री यानेस यान्साले पोल्यान्डदेखि किएभसम्मको यात्रा रेलमा गरेका थिए।

पोलान्डका प्रधानमन्त्रीका एक जना प्रवक्ताले उनीहरू युरोपियन युनियनको प्रतिनिधित्व गर्दै किएभ पुगेको बताएका छन्। किएभमा हुँदा उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटेका थिए।

‘तीन प्रधानमन्त्रीसँगको भेटपछि जेलेन्स्कीले भनेका छन्, यो महान्, सहासिक र एकदम सही मित्रवत् कदम हो। मलाई पूरा विश्वास छ हाम्रा त्यस्ता मित्र, देश, छिमेकी र साझेदारको साथले हामी साँच्चै जित्नेछौ ।’

यसैबिच युक्रेनबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाँडेन अर्को साता युरोप जानेका भएका छन्।

ह्वाइट हाउसलाईका अधिकारीलाई उद्धृत गर्दै न्यु योर्क टाइम्सले लेखेअनुसार बाँडेन मार्च २४ मा युरोपियन युनियनको मुख्यालय रहेको बर्सेल्स पुग्ने छन्। त्यहाँ उनी उत्तर एटलान्टिक सम्धी सङ्गठन नेटोको सम्मेलनमा सहभागी हुनेछन्।

राष्ट्रपति बाइडेनले युक्रेनी समकक्षी जेलेन्स्कीलाई भेट्छन् कि भेट्दैनन् भन्ने खुलेको छैन। तर उनी पूर्वी युरोपेली मुलुकमा गएर युक्रेनका शरणार्थीहरूसँग भेट्ने प्रबल सम्भावना छ।

उता पश्चिमाहरूको कडा आर्थिक प्रतिबन्ध झेलिरहेको रुसले बदलामा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी राष्ट्रपति बाइडेनसहित अधिकारीहरूमाथि प्रतिबन्ध घोषणा गरेको छ।