२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीलाई महानगरको सहयोग

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत सहकारी सङ्घ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गरेकी हुन् ।

महानगरभित्रका सात सहकारीलाई महानगरबाट अनुदानस्वरुप रु १७ लाख बराबरको सामग्री प्रदान गरेको हो ।

समाज उत्थान कृषि सहकारी संस्था भरतपुर–२१ र सर्वोदय बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–६ लाई रु पाँच/पाँच लाख बराबरका तोरी मिल प्रदान गरिएको छ ।

त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई रु दुई लाखको सामग्री, नवसुन्दर बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर इन्भटर र प्रिन्टर, चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई रु एक लाखको कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको हो ।

त्यस्तै उज्ज्वल बहुउद्देश्यीय सहकारी संस्था भरतपुर–१४ लाई रु एक लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन, आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्था भरतपुर–२४ लाई रु एक लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरिएको महानगरको सहकारी शाखाकी विष्णु आचार्य घिमिरेले जानकारी दिए ।

महानगर देशकै सहकारीको जननी भएकाले महानगरभित्र राम्रो गरेका सहकारीको स्तर विकासका लागि सहयोग प्रदान गरिएको महानगर प्रमुख दाहालको भनाइ छ ।

सहकारीले समाजमा भएको गरिबीलाई घटाउन योगदान दिएकाले आफूहरूले पनि सहकारीको विकासमा ध्यान दिएको उपप्रमुख शाह ठकुरीले बताइन् ।

महानगरको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको विकासमा धेरै ठुलो लगानी गरी परिणाममुखी काम गरेको बताए ।