२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुमा कृत्रिम गर्भधारणको आकर्षण

अ+ अ-

काठमाडौँ। मुलुकमा पोथी पशुको तुलनामा भालेको सङ्ख्या निकै कम भए पनि पछिल्लो समय पशु बन्ध्याकरणको सङ्ख्या भने बढ्दै गएको छ । सन्तान वृद्धिका लागि सीमित पशुलाई राखेर बाँकीलाई बन्ध्याकरण गरी कृषि र मासुका लागि प्रयोग गरिने चलन रहेको पशु विज्ञको अनुभव छ ।

राष्ट्रिय पशु प्रजनन केन्द्र पोखराका सूचना अधिकारी डा. जगतबन्धु नेपालीका अनुसार नेपाली भाले पशुमा गर्भधारण गराउने वीर्य उत्पादन गर्न सक्ने क्षमता धेरै रहेकाले यस्तो प्रचलन बढेको हो । वीर्य उत्पादन क्षमता उच्च भएकाले सीमितलाई राखेर बाँकीलाई कृषि तथा अन्य प्रयोजनमा लगाउने गरिएको उनको भनाइ छ ।

नेपालीका अनुसार एउटा परिपक्व साँढेले ३५ हजार गाईलाई गर्भधारण गर्न सक्ने वीर्य उत्पादन गर्छ । त्यसलाई नेपालमा अरू जातका गाईमा गर्भधारण गराएर पछिल्लो पुस्ताबाट धेरै उत्पादन लिन सकिने सम्भावना रहेको पनि नेपालीले बताए । केन्द्रका अनुसार एउटा राँगोले जीवनकालमा २८ हजार भैँसीलाई गर्भधारण गराउन सक्ने वीर्य उत्पादन गर्न सक्छ तर तीन वर्षदेखि पाँच वर्ष उमेर समूहका राँगोको वीर्य गुणस्तरीय हुने नेपालीले जानकारी दिए ।

केन्द्रले एउटा साँढे र राँगोबाट साताको दुई पटक वीर्य सङ्कलन गर्दै आएको छ तर प्राकृतिक रूपमा हुने गर्भधारण प्रक्रियामा भने एकै दिनमा एउटै भाले धेरै पटकसम्म सक्रिय हुनसक्ने नेपालीले बताए । केन्द्रले उच्च नस्लका राँगो र साँढेको वीर्य सङ्कलन गरेर देशव्यापी रूपमा वीर्य पठाउने गरेको छ । केन्द्रमा हाल आठ वटा बोका, १६ वटा राँगो र ३७ वटा साँढेको वीर्य सङ्कलन गरेर त्यसलाई प्रशोधन गर्दै ६९ वटा जिल्लामा वितरण गर्ने गरेको छ ।