२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारमा हेल्थ डेस्क सञ्चालन

अ+ अ-

काठमाडौँ । सिंहदरवार परिसरभित्र आजदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

नेपाल सरकारका मुख्यसचिव शङ्कर दास वैरागी र वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भूपेन्द्र बस्नेतले सिंहदरवारभित्र हेल्थ डेस्क उद्घाटन गरेका हुन् ।

सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौँ सेवाग्राही पुग्ने प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा वीर अस्पतालले हेल्थ डेस्क सञ्चालनमा ल्याएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवनको पूर्वी प्रवेशद्वार सँगै साबिक राष्ट्रिय पुनः निर्माण प्राधिकरण रहेको भवनबाट हेल्थ डेस्क सेवा सुरु भएको छ । डेस्कमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म वीर अस्पतालका दुई चिकित्सक र ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुने जनाइएको छ । हेल्थ डेस्कमा अक्सिजनसहित बेड, स्वास्थ्य परीक्षण, ब्लड प्रेसर, सुगर, ड्रेसिङ लगायत जाँच गरिने अस्पतालले जनाएको छ ।

एम्बुलेन्स, स्वास्थ्य परामर्श दिँदै आवश्यक औषधिसमेत दिइने अस्पतालले जनाएको छ । सिंहदरवार हेल्थ डेस्कका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दीपक मुडभरीकाअनुसार प्रधानमन्त्री कार्यालयको निर्माण कार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भागको भुईँ तल्लामा सुविधा सम्पन्न हेल्थ डेस्क र एम्बुलेन्स सहित सञ्चालन गरिने तयारी गरिएको छ ।

यसअघि २०७४ सालमा स्थापना गरिएको हेल्थ डेस्क कोरोना महामारीका कारण बन्द भएको थियो ।