२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीमदत्तका कागजात अख्तियारको नियन्त्रणमा, गम्भीर उजुरी भएकाले चाँडो एक्सन लियौँ–सूचना अधिकारी

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भीमदत्त नगरपालिकाका कागजात नियन्त्रणमा लिएको छ । नगर भित्रका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगरस्थित कार्यालयमा आइतबार पत्रकार तथा नेकपा एकीकृत समाजवादीका नेता खेम भण्डारीले उजुरी दर्ता गराएपछि कागज नियन्त्रणमा लिइएका हुन् ।

भण्डारीले १० वटा पुलको सिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानुनअनुसार सिपिआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दाबी गरेका थिए ।

अख्तियारका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले नगरपालिकालाई पत्र काटेर आवश्यक कागजात नियन्त्रणमा लिइएको बताए । ‘यसलाई छापा मारेको भन्न मिल्दैन, पत्र काटेर कागज अख्तियारमा ल्याएका छौँ,’ उनले भने, ‘संवेदनशील मुद्दा भएकाले कागजात नष्ट नहुन भनेर उजुरी परेको अर्को दिन नै तदारुकता देखाएका हौँ ।’

बस्नेतले अब उजुरी उपर अनुसन्धान प्रक्रिया सुरु भएको बताए । ‘सामान्यतया उजुरी परेको १५ दिन भित्र कागजात नियन्त्रणमा लिने गरिन्छ,’ उनले भने, ‘उजुरीको गामभ्रियतालाई हेरेर चाँडो गरेका हौँ ।’

नगरको वडा नम्बर १९ को काली खोला पुल–२, वडा नम्बर ९ का क्रमशः कामी काटे खोला पुल र गताडी खोला पुल, वडा नम्बर ३ को खनिया खोला पुल, वडा नम्बर १८ को भासी खोला पुल, वडा नम्बर १९ को काली खोला पुल–१, वडा नम्बर १३ महाकाली नदी तटबन्ध भएर जाने खोलामा पुल, वडा नम्बर १० को तिलकेनी खोला पुल, वडा नम्बर ९ र १० बिचको खरिया खोला पुल तथा वडा नम्बर १५ को गोबरिया खोला पुलको एकसाथ सिपिआर बनाउने भन्दै कन्सल्टेन्सी कम्पनी छनोट गर्दा कानुन मिचेको भण्डारीको आरोप छ ।

साथै, नेपाल सरकार भौतिक योजना मन्त्रालय स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सडक पुल शाखाबाट सिपिआर स्वीकृत नगराई मल्ल एण्ड ग्रुप इन्जिनियरिङ कन्सल्टेन्सीलाई कानुन विपरीत एक करोड रुपैयाँ भुक्तानी दिइएको पनि उनले दाबी गरेका छन् । निर्माण सम्पन्न भइसकेको वडा नम्बर १३ को पुलको समेत सिपिआर बनाएर भुक्तानी दिइएको भण्डारीको आरोप छ ।