२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वीकृति नलिने नेपाल, ज्वाला र मुक्तिनाथ पञ्चाङ्ग कारबाहीको प्रक्रियामा

अ+ अ-

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चाङ्ग) लाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

समितिले गठन गरेको बजार अनुगमन उपसमितिले हालसम्म नेपाल पञ्चाङ्ग, ज्वाला पञ्चाङ्ग र मुक्तिनाथ पञ्चाङ्ग स्वीकृति नलिई प्रकाशन गरेर बजारमा बिक्री वितरण भइरहेको अवस्थामा फेला पारेको थियो । यी पञ्चाङ्गमा शास्त्रीय मान्यता विपरीत व्रतबन्धजस्ता शुभ साइत दिइएको फेला परेको समितिले जनाएको छ ।

ज्वाला पञ्चाङ्गले अपराह्नपछि पनि व्रतबन्धमा मन्त्रदानको साइत दिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । शास्त्रीय मान्यता अनुसार व्रतबन्धमा मन्त्रदानको साइत अपराह्न १२ बजेभन्दा अघि नै दिनुपर्छ ।

तर ज्वाला पञ्चाङ्गले भने १२ः३१ बजे मन्त्रदानको साइत दिएको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो किनेर त्यसका आधारमा हेर्ने तिथि, नक्षत्र, योग, करणलगायत मुहूर्त, साइतमा फरक परेमा समिति जबाफदेही नहुने भएकाले सचेत हुन आह्वान गरेको अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

समितिले यस वर्ष १४ वटा पात्रोलाई स्वीकृति दिएको र तिनमा समितिको स्वीकृति पत्र पनि छापिएकाले आधिकारिक पात्रो हेरेर खरिद गर्न उनले सर्वसाधारणमा आह्वान गरेका छन् ।

समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रो प्रयोग गरेर गरिने कर्मका विषयमा सरकार जबाफदेही हुन नसक्ने स्पष्ट पारिएको छ ।

समितिबाट स्वीकृति लिएका १४ पात्रो

विसं २०७९ का लागि समितिले तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाश दर्शन पञ्चाङ्ग, बगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग, सिद्धि पञ्चाङ्ग, खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ वटालाई स्वीकृति दिएको छ । समितिले प्रकाशन गर्ने ‘राष्ट्रिय पञ्चाङ्ग’सहित १५ पात्रो आगामी वर्षका लागि उपयोग गर्न सकिने अध्यक्ष अधिकारीले बताए ।

स्वीकृति नलिनेलाई बिक्री वितरणमा रोक लगाउने प्रक्रिया सुरु

समितिको गठन आदेश २०७७ को दफा ‘ञ’ मा कुनै पनि पात्रो वा भित्तेपात्रोले प्रकाशन पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । गठन आदेश मन्त्रिपरिषद्को २०७७ पुस २० गतेको बैठकले पारित गरेको थियो ।

यसैगरी आदेशको दफा ‘ठ’ मा स्वीकृति नलिई प्रकाशन हुने पात्रो वा भित्तेपात्रोलाई बिक्री वितरणमा रोक लगाउने व्यवस्था छ । स्वीकृति नलिई प्रकाशन भएका तीनै वटा पात्रोको बिक्री वितरणमा रोक लगाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत् गृह मन्त्रालयमा पत्राचार गर्न लागिएको कार्यकारी निर्देशक ढुङ्गेलले सुनाए ।

समितिले पञ्चाङ्ग प्रकाशन गर्दै आएको नेपाल संस्कृत विश्वविद्यालयलाई पनि पत्राचार गरेर गठन आदेश बमोजिम स्वीकृति लिन अनुरोध गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पात्रोमा विश्वविद्यालयका प्राध्यापकलगायत सरकारी ओहोदामा रहेका पदाधिकारी एवं कर्मचारीसमेत सल्लाहकारलगायत भूमिकामा देखिएका छन् ।

समितिले यस वर्षदेखि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनका लागि तयारी अन्तिम चरणमा पुर्‍याएको छ । यही चैत महिनाको अन्तिमसम्म ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन भइसक्ने छ ।

गठन आदेश बमोजिम समितिले नौ जनाको सङ्गठन संरचना तयार पारी मन्त्रालयमा पेस गरेको छ । समितिको सङ्गठन संरचना अहिले संस्कृति मन्त्रालयबाट अर्थ मन्त्रालय पुगेको छ ।

स्वीकृतिपछि समितिमा जनशक्ति पनि थपिने छ । थप जनशक्ति पूर्ति भएपछि पात्रो एवं भित्तेपात्रोलाई व्यवस्थापन एवं नियमन गर्न सहज हुने छ । समितिले भित्तेपात्रो स्वीकृति दिने प्रक्रियालाई पनि अघि बढाएको छ । हालसम्म सवा सयभन्दा बढी भित्तेपात्रोले प्रकाशनका लागि समितिसँग स्वीकृति लिएका छन् ।

भित्तेपात्रोमा राज्यको ठुलो कोष खर्च हुने गरेको छ । एउटै कार्यालयका शाखा, शाखा एवं सङ्गठन नै पिच्छे भित्तेपात्रोको प्रकाशन हुने र चाडपर्व, बिदालगायत विषयमा फरक–फरक तथ्य उल्लेख गर्दा जनतामा भ्रम हुने गरेकामा यस वर्षदेखि नियमन सुरु भएको छ ।

सरकारले घोषणा नगरीकन बिदालगायत विषय राखेर समितिको स्वीकृति नलिई प्रकाशन गर्नेलाई अनुगमन गरेर कारबाहीको प्रक्रिया अघि बढाउन लागिएको छ । यस्ता विषयमा समितिको कार्यालयमा सूचना दिन पनि समितिले आह्वान गरेको छ ।