२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव हारे पनि धामी फेरि उत्तराखण्डका मुख्यमन्त्री बन्ने

अ+ अ-

काठमाडौँ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्करसिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन्।

मार्च १० मा आएको विधान सभा चुनावको परिणाममा बहालवाला मुख्यमन्त्री रहेका धामी कङ्ग्रेस आईका उम्मेदवारसँग ६ हजार बढी मतले पराजित भएका थिए।

चुनाव हारे पनि भारतीय जनता पार्टीका विधान सभा सदस्यले सोमबार धामीलाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको द इन्डियन एक्सप्रेसले जनाएको छ।

उत्तराखण्डको ७० सदस्यीय विधान सभामा भाजपाले ४७ सिट जितेको छ।

भारतको संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ।

यसअघि पश्चिम बङ्गालमा ममता बेनर्जी चुनावमा पराजित भए पनि फेरि मुख्यमन्त्री बनेकी थिइन्। पछि उनी उपनिर्वाचनबाट सांसद बनेकी थिइन्।

धामीका लागि पनि सिट खाली गर्न ६ जना भाजपा सांसद तयार रहेको बताइएको छ। ४७ वर्षीय धामीले भोलि (बुधबार) पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

भाजपाले यसपालि जितेका चार वटै राज्यमा पुराना मुख्यमन्त्रीलाई दोहोर्‍याएको छ।