२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको मन जिते निर्वाचन जित्छौँ : नेता पौडेल

अ+ अ-

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज आयोजना गरेको अन्तरक्रियामावरिष्ठ नेता पौडेलले जनताको मन जित्न सके निर्वाचन जित्न सकिने धारणा व्यक्त गरे ।

काँग्रेस हरेक जनताको घरघरमा पुग्नुपर्ने बताउँदै जनतालाई काँग्रेसका बारेमा बुझाउनुपर्ने पौडेलको भनाइ थियो । ‘निर्वाचन नजिकिँदै छ, अब गाउँ गाउँमा पुगेर कार्यक्रम गर्नुपर्‍यो, बजार केन्द्रित हुनुभएन’, उनले भने, ‘कार्यकर्तालाई मात्र होइन जनतालाई कुरा बुझाउन सक्नुपर्छ ।’ पौडेलले जनताको मन जित्न अहिलेका मुद्दाहरूमा बहस गर्नुपर्ने बताए । जनतालाई काँग्रेसका पक्षमा आकर्षित गर्नुपर्नेमा पौडेलको जोड दिए ।

वरिष्ठ नेता पौडेलले अहिलेको स्थितिमा गठबन्धन आवश्यक रहेको उल्लेख गरे । नेपालमा काँग्रेस ३० प्रतिशत र कम्युनिस्ट ७० प्रतिशत रहेको उल्लेख गर्दै काँग्रेसले जित्नका लागि गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो । ‘एक्लै जित्न सकिन्छ भने त किन चाहियो र गठबन्धन ? काँग्रेसको पक्षमा ५१ प्रतिशत मत छैन त्यही भएर गठबन्धन आवश्यक छ’, पौडेलले भने । काँग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिस्टहरू मिल्न सक्ने खतरा रहेको उनको भनाइ थियो । विदेशी शक्ति कम्युनिस्ट मिलाउन लागिपरेको पौडेलले बताए ।

केन्द्रीय सदस्य शङ्कर भण्डारीले काँग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताउँदै नेताहरूबिचको कमजोरी हटाउन आवश्यक रहेको उल्लेख गरे । केन्द्रीय सदस्य गोविन्द भट्टराईले काँग्रेसको नीतिका कारण देश अगाडि बढेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं स्थानीय तह निर्वाचनका लागि खटिएका प्रतिनिधि मधु आचार्यले वैशाख ३० गते निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गर्दै तयारी गर्न काँग्रेस कार्यकर्तालाई आग्रह गरे । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा सकिएकाले अब पार्टीभित्र एकता गरेर प्रतिपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो । देशलाई अप्ठ्यारो पर्दा निकास दिने पार्टी काँग्रेस रहेको दाबी गर्दै उनले हरेक वडामा घोषणापत्र बनाएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।

जिल्ला सभापति जितप्रकाश आलेले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई भुलेर पार्टीको अनुशासन र दायित्वलाई सम्झिएर चुनावमा होमिनुपर्ने बताए । निवर्तमान सभापति वैकुण्ठ न्यौपानेले पार्टीको विधान विपरीत नजान आग्रह गरे । कार्यक्रममा बन्दीपुर, व्यास, देवघाट, आँबुखैरेनी, भानुका सभापतिहरूले घर घर जाऔँ स् काँग्रेस जिताऔँ अभियानअन्तर्गत भएका कार्यका बारेमा जानकारी गराएका थिए ।