२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि प्रधानसेनापति ट्रफी २०७८ सुरु

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका चार वटै कमान्ड, पाँच वटा बाहिनी र विशेष फौज बाहिनी सहभागी रहेको ‘प्रधानसेनापति ट्रफी–२०७८’ आजदेखि सुरु भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन गरे । आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, दौड, सुटिङ र आर्चरी विधा समेटिएको छ ।

सेनाले सङ्गठनभित्र उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ‘स्वास्थ्यका लागि खेलकुद ः राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ विसं २०६५ सालदेखि यो प्रतियोगिता आयोजना गरेको हो । यसअघि उक्त प्रतियोगिता भदौमा सञ्चालन हुने गरेकामा कोरोना सङ्क्रमण जोखिमका कारण सारिएको हो ।

मुलुकभित्रका हरेक प्रतियोगितामा वर्चस्व कायम गर्दै आएका सैनिक खेलाडीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई अब्बल साबित गर्दै आएका छन् ।

तेह्रौँ क्षीण एसियाली खेलकुद प्रतियोगितामा १०३ पदक दिलाउनका साथै आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको च्याम्पियन घोषित भएको थियो ।

प्रतियोगिता उद्घाटनका अवसरमा नेपाली सेनाको तालिम महानिर्देशक सीताराम खड्काले सेनाका सकल दर्जालाई शारीरिक तथा मानसिक विकास गरी सक्षम, अनुशासित, साहसिक र पेशेवर नेतृत्वदायी भूमिका निर्वाह गर्ने फौज तयार गर्न खेलकुद एक अभिन्न अङ्गका रूपमा रहिआएको उल्लेख गरे ।

उनले भने, ‘खेलकुदले सैनिकको आत्म भरोसा वृद्धि गर्ने मात्र नभई टिम भावना कायम राख्नसमेत मद्दत गर्छ ।’ उद्घाटन खेलका रूपमा भएको ४०० मिटर महिला दौडमा निर्मला थापा प्रथम, सरस्वती कठायत द्वितीय तथा भगवती थापा तृतीय भए ।

पुरुषतर्फको ८०० मिटर दौडमा सुनिलकुमार सुनार प्रथम, बुद्धराम तामाङ द्वितीय तथा सुदीप शाह तृतीय भए । प्रतियोगिताका विजयीलाई बलाधिकृत रथी बालकृष्ण कार्कीले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरे ।

समारोहमा सेनाका कमान्डबाट स्थानीय वेशभूषा झल्कने झाँकीका साथै सरायोसहित क्षेत्रगतरुपमा प्रसिद्ध नृत्य प्रस्तुत गरिएको थियो ।