२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेत कांग्रेसमा विवाद बढ्यो, शेखर पक्षले गठबन्धनका उम्मेदवारलाई भोट नहाल्ने !

अ+ अ-

काठमाडौँ । स्थानीय चुनाव र गठबन्धनको विषयमा नेपाली कांग्रेस सुर्खेतमा किचलो बढेको छ । नेपाली कांग्रेसका वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनमा एकलौटी विजय हात पारेको संस्थापन पक्ष हाबी भएको ठहरसहित संस्थापनइतर पक्षले गठबन्धनको विपक्षमा गोप्य भेला र छलफललाई तीव्रता दिन थालेको छ ।

सुर्खेत कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मी, नेताहरु नारायण कोइरालालगायतको टोलीले आउने स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षले कम्तिमा चार पालिकाको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको छ तर पाँच दलीय गठबन्धन हुँदा काँग्रेसलाई हानि हुने भन्दै उक्त समूहले फरक रणनीति बनाउन थालेको हो ।

पछिल्लो समयमा सुर्खेत कांग्रेस नौवटै पालिकामा सहजै जीत हासिल गर्न सकिने आँकलन गरिरहेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसले वीरेन्द्रनगर, पञ्चपुरी, भेरीगंगा, गुर्भाकोट नगरपालिका, बराहताल र चिङ्गाड गाउँपालिकामा जीत हासिल गरेको थियो ।

कांग्रेस एक्लैले जितेका उक्त पालिका यसपटक गठबन्धनका कारण गुम्न सक्ने खतरा भएको भन्दै शेखर पक्षले आपत्ति जनाइरहेको छ । कांग्रेस सुर्खेतका निवर्तमान सभापति रेग्मीसहित शेखर पक्षका नेता कार्यकर्ताले पहिलोदेखि गठबन्धनको विपक्षमा मत जाहेर गर्दै आएका छन् ।

‘हामीले सकेसम्म कम्युनिष्टहरुसँग गठबन्धन गरेर जान हुँदैन । त्यसले काँग्रेसलाई नै नोक्सान हुन्छ भन्दै आएका छौं’, निवर्तमान सभापति रेग्मीले भने, ‘सकेसम्म गठबन्धनका पक्षमा केन्द्रको निर्णय नहोस् भनेर हामीले खबरदारी गर्दै आइरहेका हौं ।’

उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएको बताउँदै लोकतन्त्रमा विश्वास गर्ने दलले अन्य कम्युनिष्ट दलसँग गठबन्धन गर्दा त्यसको स्थानीयस्तरमा गलत सन्देश जाने बताए । ‘सकेसम्म कांग्रेस एक्लै लडनुपर्छ भन्ने नै हो’, उनी भन्छन्, ‘गठबन्धन नै हुने हो भने कांग्रेसले पाउने पालिकाको चालिस प्रतिशतको नेतृत्व हाम्रो पक्षले पाउनु पर्छ ।’

तर, काँग्रेसका प्रदेश सभापति ललितजंग शाही भने पार्टी केन्द्रको निर्णय सबैले मान्नुपर्नेमा जोड दिन्छन् । ‘केहि साथीहरु गठबन्धन नगरौं भन्नेमा हुनुहुन्छ । कोही गरौं भन्नेमा हुनुहुन्छ’, उनले भने, ‘पार्टीका आन्तरिक समस्या समाधान गरेर पार्टी केन्द्रको निर्णयअनुसार गठबन्धन बनेको खण्डमा हामी सबै त्यसलाई स्वीकार गरेर अघि बढ्छौं ।’