१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीसँग गठबन्धन हुँदैन, सबै दल मिले पनि एक्लै प्रतिस्पर्धा गर्ने हैसियत छ : ईश्वर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदा खाँदाको सरकार ढाल्ने शक्तिसँग गठबन्धनको सम्भावना नरहेको बताएका छन्।

भरतपुरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले एमालेसँग गठबन्धनका लागि छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका नेताहरूको भनाइ झुटो रहेको बताए।

माओवादी नेता वर्षमान पुनले आत्मालोचना गरे एमालेसँग गठबन्धन हुन सक्ने अभिव्यक्ति दिएका थिए।

‘जसले पार्टी विभाजन गरेर हुँदा खाँदाको कम्युनिस्ट सरकार ढालेर अपराध कर्म गर्‍यो त्यो शक्तिसँग गठबन्धन गर्ने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘दुई पार्टीका नेताहरूका बिचमा भेटघाट हुन सक्छ, भेट हुँदा राजनीतिक विषयमा कुरा, समीक्षा हुन सक्छ तर गठबन्धनका लागि छलफल चलेको भन्ने कुरामा सत्यता छैन।’

उनले प्रचण्डले लगाउने कुनै पनि छलाङको विषयमा एमाले जानकार रहेकाले त्यसबाट प्रभावित नहुने बताए। उनले प्रचण्डको पार्टी कब्जाको मानसिकताका कारण पार्टी फुटेको दाबी गरेका थिए।

पोखरेलले एमालेले स्थानीय तहको निर्वाचनका लागि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति लिएको बताए। ‘स्थानीय स्तरमा स्थानीय आवश्यकताअनुसार कतै तालमेल हुन सक्ला तर गठबन्धन गरेर जाने नीति पार्टीको छैन,’ उनले भने।

उनले पाँच दल मात्रै नभई निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि प्रतिस्पर्धा गर्ने हैसियत नेकपा एमालेसँग भएको बताए। ‘पार्टीले गरेका र गर्ने कामको आधारमा जनताको विश्वास जित्ने हो,’ उनले भने, ‘गठबन्धन छ भनेर हामीलाई कुनै चिन्ता छैन।’

पोखरेलले प्रधानमन्त्रीले भारत भ्रमणमा गएर चुच्चे नक्सालाई बुच्चे बनाएर फर्किएको टिप्पणी गरेका थिए। प्रधानमन्त्रीको भ्रमण भारतप्रति भक्तिभाव देखाउनमा सीमित बनेको दाबी गरे।