काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर २ लाख ६९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलामा २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ८० रुपैयाँले घटेर आज ३ हजार ५२० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।आइतबार चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।






