२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिग च्याम्पियन मच्छिन्द्र श्रीलंकन क्लबसँग भिड्दै

अ+ अ-

काठमाडौँ । नेपालको मच्छिन्द्र फुटबल क्लबले एएफसी कप २०२२ अन्तर्गत पहिलो चरणमा श्रीलङ्काको ब्लु स्टारसँग खेल्दै छ। खेल आज साँझ पाँच बजे दशरथ रङ्गशालामा हुनेछ।

मच्छिन्द्र पहिलो पटक एएफसी कपका लागि छनोट भएको हो। सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणसम्ममा शीर्ष स्थानमा रहने टिमलाई एएफसी कपमा पठाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नियमअनुसार मच्छिन्द्र एएफसी कपमा स्थान पक्का गरेको थियो।

मछिन्द्रले आजको खेलमा जित हात पारे दोस्रो चरणमा भारतको एटिके मोहन बगान एफसीसँग प्रतिस्पर्धा गर्नेछ। यो खेलको विजेता र अर्को पोलको विजेताबिच प्लेअफ हुनेछ।

प्लेअफमा जित हात पार्ने टिमले एएफसी कपको समूह ‘डी’ मा स्थान पाउनेछ। समूह ‘डी’ भारतको गोकुलम केरला, बङ्गलादेशको वसुन्धरा किंग्स, माल्दिभ्सको माजिया र प्लेअफ विजेताबिच प्रतिस्पर्धा हुनेछ।

नेपालको लिग च्याम्पियन मछिन्द्रले समूह चरणमा स्थान बनाउने लक्ष्य लिएको छ। प्रशिक्षक प्रवेश कटुवालले सहिद स्मारक ए डिभिजन लिग सुरु भएदेखि नै एएफसी कपको तयारी थालेको बताए।

मछिन्द्रको टिममा सबै खेलाडी सहिद स्मारक ए डिभिजन लिग खेलेकै छन्। लिगको दोस्रो चरणमा सुनिल बल घाइते भएका थिए। अहिले उनले टिममा कम ब्याक गरेका छन्। तर उनी पुरानै फर्म आउँछन् या आउँदैन भन्ने चिन्तामा मच्छिन्द्र छ।

ब्लु स्टार श्रीलङ्काको सुपर लिग च्याम्पियन टिम हो। श्रीलंकन क्लबको टिम संयोजन राम्रो भएको प्रशिक्षक कटुवालको भनाइ छ।

२०७६ मा लिग च्याम्पियन भए पनि मच्छिन्द्र २०२१ को एएफसी कप खेल्नबाट वञ्चित भएको थियो। एएफसीले क्लब लाइसेन्स नभएका क्लबलाई प्रतियोगिता खेल्न रोक लगाएको थियो। गत वर्ष लाइसेन्स पाएको त्रिभुवन आर्मी क्लबले एएफसी कपमा सहभागिता जनाएको थियो।

यो वर्ष भने आर्मी, मनाङ, मच्छिन्द्र र एपिएफ गरी चार क्लबले क्लब लाइसेन्स पाएका थिए।

पहिलो पटक एएफसी कप खेल्ने अवसर पाएको मच्छिन्द्र सन् २००४ मा पहिलो पटक ए डिभिजनमा बढुवा भएको थियो।