२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निगमको न्यारोबडी जहाजबारे छानबिन गर्न उच्चस्तरीय समिति

अ+ अ-

काठमाडौँ । नेपाल वायु सेवा निगमले बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेक अफ’ गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएको घटनाबारे छानबिन गरी सत्य तथ्य पत्ता लगाउन एक उच्चस्तरीय समिति गठन गरिएको जनाएको छ ।

उक्त घटनालाई अध्ययन, अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने गरी निगम व्यवस्थापनले ‘क्वालिटी एस्सुरेन्स डिपार्टमेन्ट’ का निर्देशकको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन उपसमिति गठन गरी समितिले आफ्नो काम सुरु गरिसकेको निगमले हिजो बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

निगमको आरए–४०२ बैंकक काठमाडौँ नियमित उडानमा रहेको न्यारोबडी नाइनएन एकेडब्लु विमान १ अप्रिल २०२२ सुवर्ण भूमि विमानस्थलबाट ‘टेक अफ’गर्ने क्रममा विमानको पाङ्ग्रामा प्राविधिक समस्या देखिएपछि पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक जाँच गरिएको थियो ।

थाई एयरवेजका प्राविधिक टिमको सुझाव फेर्नुपर्ने पाङ्ग्रा कतार एयरवेजको विमानमार्फत २ अप्रिल २०२२ को उडानबाट पठाई ३ अप्रिलको बिहान बैंकक पुर्‍याएर उक्त विमानको मर्मत गरिएको थियो ।

रद्द गरिएको उक्त उडानका १४१ यात्रुलाई निगमको नियमित उडानबाट ४ अप्रिल २०२२ मा काठमाडौँ ल्याइसकिएको छ ।

मर्मत सम्पन्न भएको उक्त विमान निगमको नियमित उडानका रूपमा ६ अप्रिलमा काठमाडौँ अवतरण गरिसकेको पनि निगमले जनाएको छ ।