२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल र बङ्गलादेशबीच अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्न जोड

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल र बङ्गलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा क्षेत्रीय मञ्च, संयुक्त राष्ट्रसङ्घ र विश्व व्यापार सङ्गठन जस्ता बहुपक्षीय मञ्चहरूको घनिष्ठ सहकार्यलाई थप अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उनले दुई देशले व्यापार, पर्यटन, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य र साझेदारीलाई आगामी दिनमा अझ प्रभावकारीका साथ विस्तार गर्नुपर्ने बताए ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापन भएदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले द्विपक्षीय विकासका समान एजेन्डा रहेको बताए ।

सो अवसरमा मन्त्री डा. खड्काले नेपालको अपार सम्भावना रहेको जलविद्युत् क्षेत्रमा लगानीका लागि बङ्गलादेश सरकारलाई आह्वान गरे ।

नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दीन नमन चौधरीले नेपालले बङ्गलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा प्रारम्भिक मान्यता दिएको उल्लेख गर्दै त्यसपछि कूटनीतिक सम्बन्ध स्थापना भई दुवै देशबीचको घनिष्ठ मित्रता कायम रहिरहेको बताए ।

उनले दुई देशबीच विद्युत् विकास र विस्तारमा जोड दिँदै पारस्परिक सहयोग र सहकार्यबाट व्यापार, लगानी, कनेक्टिभिटीमा अभिवृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे ।