१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगरको प्रमुखमा काँग्रेसका २५ जना आकाङ्क्षी

अ+ अ-

चितवन । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसबाट दुई दर्जन बढी आकाङ्क्षी देखिएका छन् ।

प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् ।

महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्व सांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवारदेखि विजयी नेता आकाङ्क्षी देखिएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, उपप्रमुख पार्वती शाह ठकुरी, पूर्व जिल्ला सचिव उत्तम जोशी, निवर्तमान कोषाध्यक्ष शङ्कर कँडेल, प्रदेश कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी र निवर्तमान महानगर सभापति भरत अधिकारी आकाङ्क्षी छन् ।

यस्तै पूर्व सांसद जगन्नाथ पौडेल, तारानाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, नीलकण्ठ रिजाल, गौरीकुमारी श्रेष्ठ, मिना कुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, प्रकाश अधिकारी, प्रा डा केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सूर्यकान्त घिमिरे, हीरामणि अधिकारी र घनश्याम दवाडी समेत महानगर प्रमुखको आकाङ्क्षी छन् ।

यस्तै, उपप्रमुख पदका लागि २४ जना आकाङ्क्षी छन् । टङ्कनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल र रवी भद्र शर्मा खनाल आकाङ्क्षी छन् ।

यस्तै सो पदका लागि अन्य आकाङ्क्षीमा निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरुङ, विनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर केसी छन् ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले क्षेत्रबाट सिफारिस भई आएका नामलाई पार्टीको विधान अनुसार केन्द्रमा पठाइने बताए ।

प्रतिक्रिया दिनुहोस