१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तटबन्धन बनाउन माग

अ+ अ-

तनहुँ । मादीसेती नदी किनारस्थित व्यास नगरपालिका–३ देउराली नगर बस्ती जोखिममा परेको छ ।

नदी कटानले ती क्षेत्रका करिब ४०० घरधुरी जोखिममा पर्ने जनाइएको छ ।

सो क्षेत्रमा समयमै तटबन्धन गर्नुपर्ने स्थानीवासीको माग रहेको छ । बस्ती जोगाउन नदीमा तटबन्धन गर्न अति आवश्यक देखिएकाले नगरपालिकालाई आग्रह गरिएको स्थानीय नमस्ते देउराली युथ क्लबका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए ।

स्थानीय नमस्ते देउराली युथ क्लबले मादी नदी किनारमा सेभेन साइड फुटबल खेलमैदानसमेत बनाएका छन् । डोजर लगाएर जग्गा सम्याएर फराकिलो बनाएपछि माटो ल्याएर फिलिङ गरिएको हो ।

व्यास नगरपालिका कार्यालय र स्थानीयवासीको करिब रु सात लाख आर्थिक सहयोगमा खेलमैदान निर्माण गरिएको उनले बताए ।

उक्त क्षेत्रमा खेलमैदान निर्माण गरिएपछि त्यस क्षेत्रका युवायुवती फुटबल र भलिबल खेलका लागि उत्साहित भएर खेल्न थालेका छन् ।

खेलमैदान र देउराली नगरका बस्ती नदीले कटान गरी क्षति हुनसक्ने भएकाले समयमै सम्बन्धित निकायले ध्यान दिन आग्रह गरिएको स्थानीय बाबुराम बगालेले जानकारी दिनुभयो ।

नदी किनारमा तटबन्धन गरिए खेलमैदान र बस्ती जोगाउन सहयोग पुग्ने विश्वास गरिएको स्थानीयवासी बताउँछन् । व्यक्तिले हडपेर प्रयोग गर्दै आएको सार्वजनिक जग्गा देउराली नगरवासीको सक्रियतामा संरक्षण गरी खेलमैदान निर्माण गरिएको उनले बताए ।

उक्त बस्ती संरक्षणका लागि व्यास नगरपालिका कार्यालयले चासो दिँदै आएको जनाइएको छ । ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाको बीच भागमा मादीसेती नदी बग्ने गरेको छ ।

ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाले समन्वय गरी मादीसेती नदी किनारमा तटबन्धन गर्ने योजना रहेको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस