२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मजदुर बालबालिकालाई अनौपचारिक कक्षा

अ+ अ-

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाभित्र रहेका इँटा उद्योगमा कार्यरत ४० बाल श्रमिकलाई अनौपचारिक कक्षा सुरु गरिएको छ ।

नगरमा रहेका इँटा उद्योगमा कार्यरत बाल मजदुरलाई लक्ष्य गरी तीन महिने कक्षा सञ्चालन गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए ।

सोमबार अनौपचारिक कक्षाको उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले बालबालिकाको अधिकारलाई कसैले रोक्न नपाउने बताए । उनले जुनसुकै देशका बालबालिकाले पढ्न पाउने अधिकार रहेकाले नगरले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी कक्षा सञ्चालन गरेको बताए ।

उनका अनुसार इँटा उद्योगका मजदुरका बालबालिका श्रममा लागेर शिक्षणतर्फ ध्यान नदिएकाले यसमा सजग हुनुपर्छ । ‘मजदुर भर्ना गर्दा नै बालबालिकाका बारेमा बुझेर राख्नुहोला’, प्रमुख अधिकारीले भने, ‘बालबालिकालाई काममा लगाएको पाइएमा नगरले उद्योग नवीकरण गर्दैन, त्यसैले सजग रहनुहोला ।’

बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउनका लागि अनौपचारिक शिक्षा सुरु गरिएको शिवराज नगरपालिका शिक्षा शाखाका अधिकृत पूर्ण विश्वकर्माले बताए । सिजनअनुसार कामदार आउने भएकाले सुरुको चरणमा तीन महिनाका लागि कक्षा सुरु गरिएको उनले बताए ।

पहिलो चरणमा तीन वटा मात्र इँटा उद्योगमा कार्यरत बालबालिकालाई कक्षा सञ्चालन गरिएको दलित मानवअधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताइन् । जनता इँटा उद्योग, स्टार इँटा उद्योग र कपिलवस्तु इँटा उद्योगमा कार्यरत ४० जनालाई लक्ष्य गरेर कक्षा सञ्चालन गरेको उनको भनाइ छ ।

कक्षा सञ्चालनमा सहजकर्ताका रूपमा शिवराज नगरपालिकाले कुस्लवती छिपिलाई छनोट गरेको छ । छिपिले दैनिक बिहान ११ देखि १ बजेसम्म अध्यापन गराउनेछिन् ।

उद्घाटन कार्यक्रममा बालबालिकालाई आवश्यक शैक्षिक सामग्री दलित मानवअधिकार निगरानी समितिले व्यवस्थापन गरेको छ । कपि, कलम, झोलालगायतका सामग्री उपलब्ध गराएको अध्यक्ष परियारले बताइन् ।

दलित मानवअधिकार निगरानी समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शिवराज नगरमा रहेका १२ इँटा उद्योगमा ६९ बालबालिका कार्यरत छन् ।