२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवा अर्बको मास्क र स्यानिटाइजर आयात

अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा एक अर्ब आठ करोड ७५ लाख ४० हजार बराबरको फेस मास्क र १३ करोड ५३ लाख ९९ हजार बराबरको स्यानिटाइजर आयात भएको छ ।

नेपालमा विभिन्न ३७ देशबाट १३ करोड ९८ लाख ३८ हजार वटा मास्क आयात भएको छ । मास्क आयातबाट सरकारले आठ करोड ७६ हजार बराबर राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा सबैभन्दा बढी चीनबाट मास्क आयात भएको छ । चीनबाट एक करोड ३५ लाख ३९ हजार वटा मास्क आयातका लागि ८२ करोड ६४ लाख ६९ हजार नेपाली रुपैयाँ बाहिरिएको छ भने सरकारले छ करोड ८९ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । चीनपछि डेनमार्कबाट १३ करोड ७३ लाख २० हजार बराबरको एक लाख २० हजार वटा मास्क आयात भएको छ ।

नेपालले अस्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हङ्गेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, म्यानमार, फिलिपिन्स, कतार, सिङ्गापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलङ्का, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्यान्ड, युएई, बेलायत, अमेरिका, भियतनाम, नामिबियालगायत देशबाट फेस मास्क खरिद गरेको हो ।

नौ महिनाको अवधिमा १३ करोड ५३ लाख बराबरको ह्यान्ड स्यानिटाइजरको आयात भएको छ । विभिन्न दश देशबाट छ लाख ५६ हजार ७५३ किलोग्राम स्यानिटाइजर आयात हुँदा सरकारले दुई करोड ३९ लाख ९७ हजार राजश्व सङ्कलन गरेको छ ।

नौ महिनाको अवधिमा बङ्गलादेश, चीन, भारत, इजरायल, जापान, कोरिया, ताइवान, युएई, युके र युएसएबाट स्यानिटाइजरको आयात भएको हो । सो अवधिमा सबैभन्दा धेरै स्यानिटाइजर भारतबाट आयात भएको छ ।

भारतबाट दश करोड नौ लाख बराबरको छ लाख तीन हजार किलो र युएइबाट एक करोड ६४ लाख ३५ हजार बराबरको ४७ हजार किलो स्यानिटाइजरको आयात भएको छ ।

कोरोना महामारीपछि नेपालमा नै पर्याप्त मात्रामा मास्क तथा ह्याण्ड स्यानिटाइजर उद्योग स्थापना भए पनि भारतलगायत देशबाट ठुलो मात्रामा हुने आयातमा कमी आउन सकेको छैन ।