रामपुर । पाल्पामा सत्ता साझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् ।
नेपाली काँग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ ।
काँग्रेसले रामपुर र तानसेन नगरपालिका सहित निस्दी , माथागढी, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख , माओवादी केन्द्रले तिनाउ र रिब्दीकोट गाउँपालिका तथा एकीकृत समाजवादीले पूर्वखोला र रम्भा गाउँपालिकामा अध्यक्ष पाएको जनाइएको छ ।
काँग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सत्ता साझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा भागबन्डाको टुङ्गो लगाएको जानकारी दिए ।
उनका अनुसार काँग्रेसको भागमा उपप्रमुख–उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला, रम्भा, माथागढी , तिनाउ र रिब्दीकोट गाउँपालिका परेको छ ।
यसैगरी माओवादी केन्द्रको भागमा निस्दी , रैनादेवी छहरा र तानसेन नगरपालिका परेको भने एकीकृत समाजवादीको उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ ।






