२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल एयरलाइन्सको साउदी उडान सुरु

अ+ अ-

साउदी । नेपाल एयरलाइन्सले काठमाडौँबाट साउदीको रियादसम्म सिधा उडान सुरु गरेको छ। रियादका लागि निगमको वाइड बडी ए३३० विमानले गत शुक्रबार पहिलो उडान भरेको हो। साउदीसँग कूटनीतिक सम्बन्ध स्थापनाका ४५औँ वर्षका अवसरमा नेपालले राष्ट्रिय ध्वजावाहकले समेत दुई देश जोडेको हो।

नेपाल एयरलाइन्सले साउदी उडान सुरु गरेको उपलक्ष्यमा रियादस्थित होटेल र्‍याडिसन ब्लुमा भव्य कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरणमा र बजार विस्तारमा निगम लागिपरेको बताए। उनका अनुसार पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा उक्त उडान प्रबन्ध मिलाइएको हो।

पूर्व मन्त्री एवं सांसद महेश बस्नेतले निगमले काठमाडौं–रियाद उडान सुरु गर्नु ऐतिहासिक दिन रहेको बताए। साउदीस्थित नेपाली कार्यवाहक राजदूत दिलीप पौडेलले राष्ट्रिय ध्वजावाहक उडान सञ्चालनका लागि धेरै समयको मेहनतबाट सफल भएको अवगत गराए।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले साउदी उडान उचित गन्तव्य रहेको उल्लेख गर्दै यसले निगमलाई आर्थिक रूपमा टेवा पुग्ने धारणा राखे।

काठमाडौँबाट रियाद उडानका लागि वाइड बडी र न्यारोबडी दुवै जहाजले स्लट पाएका छन्। काठमाडौं–रियाद उडान अवधि ६ घण्टा १५ मिनेट हुनेछ। रियाद–काठमाडौं भने ४ घण्टा ५० मिनेटमा पुगिनेछ। निगमले रियादका लागि सातामा तीन उडान भर्नेछ।