२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मीटुबारे प्रश्न गर्ने युवतीलाई स्थापितको जवाफ- यो बहिनीले वेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ?

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले यौन दुर्व्यवहारबारे प्रश्न गर्दा जङ्गिएका छन्।

धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौँका उम्मेदवारहरूसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा स्थापित सहभागीको प्रश्नमा जङ्गिएका हुन्।

कार्यक्रममा सहभागी भावना राउतले ‘मीटुुबारे प्रश्न गर्दा स्थापितले ‘युआर नाइस लेडी, तपाईँको थुतुनो ठिक छैन’ भन्दै जवाफ फर्काएका थिए।

भावनाले भनेकी थिइन्, ‘हामी सबैको भोट तपाईँलाई चाहिन्छ र तपाईँले जित्छु भन्ने आशा राख्नुहुन्छ भने मीटुुबारे जवाफ दिनुपर्छ। होइन अहिले यो कुरामा नबोलौँ, नभनौँ भनेर भएन। किनभने महिला नै तपाईँको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनुहोला यो तपाईँलाई सुहाउन पनि सुहाउँदैन।’

स्थापितले जवाफ दिँदै भने, ‘जसलाई आरोप लगायो, त्यसलाई हामीले महारानी भन्थ्यौँ। हामीले प्रमाण मागेका थियौँ। २५ वर्षसम्म दबाउने हो। महिलाले जथाभाबी गर्न हुने। महिला आयोग छैन। म चुप्प लागेर बस्ने ? म जतिको मान्छेलाई आरोप लगाउने ? तपाईँहरूले जवाफ दिनुपर्‍यो। ह्वाट इज द प्रुफ ? यूआर नाइस लेडी तपाइको थुतुनो ठिक छैन। छलफलमा भाग लिने यसरी हुन्छ।’

प्रश्नकर्ता समीक्षाले स्थापितलाई बोल्ने शैली ठिक नभएको जवाफ फर्काएकी थिइन्। ‘तपाईँले के बोल्नुभएको यस्तो ? तपाईँले के शब्द प्रयोग गर्नुभएको ?तपाईँ पब्लिक फोरममा हुनुहुन्छ। तपाईँको जवाफ दिने दायित्व हो।’

उनले प्रमाणसहित प्रश्न गर्न आग्रह गर्दै पत्रिकाको भरमा आरोप नलाउन आग्रह गरे। ‘के आधारमा प्रश्न गर्नुभयो बहिनीले ? पेपरको भरमा आरोप लगाउने ? यो बहिनीले वेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ? दीस इज भेरी ब्याड।’

केशव स्थापित जङ्गिन थालेपछि कार्यक्रम सञ्चालकले रोक्ने प्रयास गरेका थिए। समीक्षा बाँस्कोटा स्वयंले पनि स्थापितलाई आश्वस्त पार्न खोजेकी थिइन्।

स्थापितको जवाफपछि दिक्क भएका राउतले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘एमालेका महिला सांसद अधिकारकर्मीहरू, बिन्ती अब महिला हकहितका लागि भन्दै सडकमा नआउनुहोला किनकि तपाईँको पार्टीभित्रको मौनताले दुर्घटना निम्त्याएको छ।’