२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै सहर श्रमिकको मेहनतबाट बनेको हो : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदुरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गरे ।

विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उनको भनाइ छ । उनले भने, ‘मजदुरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदुर नै बनाउने सोच पाइन्थ्यो ।’ मजदुरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको पूर्व प्रधानमन्त्री ओलीले बताए ।

विभेद र अत्याचार भएपछि मजदुर एकताबद्ध भएर आन्दोलन सुरु गरेको अध्यक्ष ओलीको भनाई छ । ‘त्यति बेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको पाइन्थ्यो’ उनले भने, ‘वर्गीय समाज बनेदेखि नै मजदुरलाई विभेद हुँदै आयो ।’

फरक प्रसङ्गमा अध्यक्ष ओलीले अहिले काठमाडौँ महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदका उम्मेदवार सक्षम र सबल रहेको उनले दाबी गरे । एक जना अनुभवी र अर्का युवा जोस भएकाले त्यो दुई कुराको संयोजन सकारात्मक रहेको उनले जिकिर गरे ।

हाल प्रमुखका उम्मेदवारले यसअघि प्रमुख हुँदा सकारात्मक काम सुरु गरेको र उपप्रमुख डङ्गोल युवा, महिला, नयाँ पुस्ताका र काठमाडौँका स्थानीयको प्रतिनिधिका रुपमा रहेको उनको तर्क थियो । अहिले सबैतिर एमालेका पक्षमा लहर रहेकोसमेत उनले दाबी गरे ।

सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाइ एमालेले गर्ने अध्यक्ष ओलीले बताए । “शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन र उनीहरुलाई सम्मानजनक बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको हो” उनले दोहोर्‍याए ।

उद्योग, श्रम, कृषि, व्यापार, बजार, सुरक्षा, सम्पदा, प्राकृतिक, नदीनालालगायतका क्षेत्रमा सुधारको नेतृत्व एमालेले गरेको बताए। उनले भने, ‘हाम्रो पहलमा बागमती, विष्णुमतीजस्ता धार्मिक नदी सफा गर्न अनेकन काम सुरु गरिएको थियो, अहिले त्यसमा केही सुधार आएको छ ।’