२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायतले युक्रेनलाई तीन अरब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

अ+ अ-

काठमाडौँ । बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् ।

रुसले आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको युक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो ।

युक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै आक्रमणको विरोध गर्दै युक्रेनको पक्ष लिएको थियो ।

बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग भएको बताइएको छ । यो सहयोगले रुससँग युक्रेनलाई प्रतिवाद गर्न सजिलो हुने युक्रेनका अधिकारीहरूले बताएका छन् ।

झन्डै एक घण्टाको प्रधानमन्त्री जोनसनको सम्बोधन अत्यन्तै महत्त्वपूर्ण रहेको पनि अधिकारीहरूको भनाइ छ ।

युक्रेनको भेर्खोभना राडामा रुसले आक्रमण गरेपछिको यो पहिलो विदेशी नेताको सम्बोधन हो ।

‘ब्रिटिस जनताले यस्तो एकता र सङ्कल्प देखाए कि हामीले हाम्रो सबैभन्दा ठुलो खतराको समयलाई हाम्रो उत्कृष्ट समयको रूपमा सम्झन्छौँ । यो युक्रेनको उत्कृष्ट घडी हो, तपाईँको राष्ट्रिय कथाको एक महाकाव्यात्मक अध्याय हो जुन आउने पुस्ताले सम्झिनेछ र सम्झाइनेछ,’ जोनसनले भनेका छन् ।

नयाँ सैन्य समर्थन अन्तर्गत इलेक्ट्रोनिक युद्ध उपकरण, एक काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौँ रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन् ।

गत हप्ता यसले युक्रेनलाई आक्रमण गर्ने रुसी विमानहरू विरुद्ध क्षेप्यास्त्र प्रहार गर्न सक्षम सशस्त्र वाहनहरू पठाउने योजनाको घोषणा गरेको हो । अघिल्लो सहायतामा ट्याङ्क विरोधी मिसाइलहरू, वायु रक्षा प्रणाली र टन प्लास्टिक विस्फोटकहरू समावेश छन् ।