२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका मेयर उम्मेदवार स्थापितद्धार आयोगमा स्पष्टीकरण पेस, यस्तो छ जवाफ !

अ+ अ-

काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार रहेका केशव स्थापितले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्।

एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घण्टाभित्र स्पष्ट पार्न भनेको थियो।

स्थापितले वैशाख १५ गते भएको कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यु आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।

त्यही कार्यक्रममा उनले ती प्रश्नकर्तातर्फ लक्षित गर्दै यो पनि भनेका थिए, ‘के आधारमा प्रश्न गर्नुभयो यी बहिनीले ? म पनि यी बहिनीले वेश्यावृत्ति गर्छ भनेर छपाइदिऊँ ?’

महिलालाई दुरुत्साहन हुने अभिव्यक्ति दिएपछि आयोगले स्थापितसँग स्पष्टीकरण सोधेको थियो।

यस्तै स्थापितले मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति दिएको अभिव्यक्तिमा पनि आयोगले प्रस्ट पार्न भनेको थियो।

स्थापितले बालेनप्रति टिप्पणी गर्दै परिचय नखोल्ने अन्तर्राष्ट्रिय ठग भनेका थिए। वैशाख १८ मा स्थापितले बालेनमाथि दिएको अभिव्यक्तिपछि आयोगले उनलाई स्पष्टीकरण दिन भनेको थियो।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ। युवाहरूले सुनौँ है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेसतिरको साह रहेछ हेर्नुस् न। सुरुवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ ?’ स्थापितले भनेका थिए।

यी दुई उजुरीमाथि स्थापितले आयोगमा स्पष्टीकरण पठाएका छन्। आयोग स्रोतले दिएको जानकारी अनुसार स्थापितले आफ्ना कुरा प्रस्टसँग राख्ने क्रममा आफूका कुराले कसैमाथि मानहानि भएको भन्न नमिल्ने जवाफ पठाएका छन्।

‘आफ्ना कुरा प्रस्ट राख्ने क्रममा मैले बोलेका कुराले कसैको चरित्र हत्या र मानहानि हुने भन्न मिल्दैन’ स्थापितले स्पष्टीकरणमा लेखेका कुरा उद्धृत गर्दै स्रोतले बताएको छ ।