२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ ।

दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

सो क्षेत्रमा खटिएका मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपीन दुलालले जानकारी दिए ।

दुर्गम क्षेत्र याङ्मा,ग्याब्ला,कालिखोला,सादेवा,आङ्खोप,पेदाङलगायत स्थानका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमार्फत मतपत्रसहितका सामग्री पठाएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै याम्फुदिन,घुन्सा,ओलाङ्चुङगोलालगायत स्थानका लागि भने आज मतदान सामग्री पठाउने तयारी भइरहेको सूचना अधिकारी दुलालले बताए ।

टाढा र दुर्गम मतदान केन्द्र रहेका स्थानलाई प्राथमिकतामा राखेर मतदान सामग्री बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

नौ स्थानीय तह रहेको ताप्लेजुङमा ७३ मतदानस्थल र १२२ मतदान केन्द्र रहेका छन् ।