११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा(एस) को प्रतिबद्धता– ‘बूढानीलकण्ठ :साथी पनि सरकार पनि’

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ ।

पार्टी बुद्धिजीवी समूहले तयार गरेको ‘स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धतापत्र’मा ‘बूढानीलकण्ठः साथी पनि सरकार पनि’ भन्ने सन्देश अघि सारिएको छ ।

पार्टी निर्वाचन परिचालन कमिटी, बुद्धिजीवी समूहले शनिबार राति पत्रकारसामु सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन कायम राख्दै समाजवादी कार्यक्रमका साथ नगरलाई सम्पन्न तथा पर्यटन र शैक्षिक केन्द्र बनाइने मूलभूत मान्यता र प्राथमिकता तोकिएको छ ।

‘वैज्ञानिक शिक्षा, उचित स्वास्थ्य एवं सुशासन हाम्रो अभियान’, ‘हाम्रो सम्पदा हाम्रो सम्पत्ति’, ‘सिङ्गो नगर एक विद्यालय’, ‘पारदर्शिता र सुशासन हाम्रो अभियान’, ‘हाम्रो रहर: सुन्दर, हराभरा र सम्पन्न नगर’, ‘फोहर मलाई मोहर तपाईँलाई’ आदि नाराका साथ नगर स्वच्छ, समृद्ध, सुसंस्कृत र सभ्य बनाउन पार्टी प्रतिनिधिलाई मतदान गर्न घोषणापत्रमा आग्रह गरिएको छ ।

नागरिकमैत्री कानुन बनाइने, स्वास्थ्योपचार सहयोग कोषमार्फत जटिल रोगमा तथा विपन्न नागरिकलाई स्वास्थ्य, शिक्षालगायत विषयमा विशेष सहयोग गरिने, ज्येष्ठ नागरिक मनोरञ्जन क्लब सञ्चालन गरिने, महिला सशक्तीकरण गरिने, स्वच्छ सफा खानेपानी उपलब्ध गराइने, पानी प्रशोधन केन्द्र निर्माण गरिने, सामुदायिक वनमा उन्नत जातका फलफूलका बिरुवा लगाइने, रोजगारी सिर्जना गरिने, व्यवस्थित र वातावरणानुकुलित यातायात सेवा सञ्चालन गरिने, उज्यालो टोल कार्यक्रम चलाइने, नगर स्तरीय पर्यटन र खेलकुद विकास समिति गठन गरिनेलगायत कार्यक्रम घोषणापत्रमा समेटिएको छ ।

त्यस्तै रुद्रमतीमाथि पुल उद्यान निर्माण गरिने, नमुना बस्ती निर्माण तथा वैज्ञानिक भवन निर्माण मापदण्ड लागु गरिने, पार्किङको दीर्घकालीन योजना बनाइने, सार्वजनिक सम्पत्ति र सम्पदा संरक्षण गरिने, सिर्जनाग्राम बनाइने, व्यावहारिक तथा वैज्ञानिक कर–शुल्क लागु गरिने, सहकारी संस्थाको सबलीकरण गरिने, लघु उद्यम व्यवसाय तथा निजी सार्वजनिक साझेदारीलाई प्रोत्साहन गरिने, नगर योजना परिषद् गठन र वरिपरिका नगर गाभेर महानगर स्थापना गर्न सिफारिस गरिने, कुनै एक वडालाई छनोट गरी समाजवादी नमुना कार्यक्रम सञ्चालन गरिने, भूमिहीन तथा सुकुम्वासीका समस्या समाधान गरिने जस्ता बुँदा पनि दूरगामी लक्ष्य तथा कार्यक्रममा समेटिएको छ ।

सो अवसरमा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले पार्टी नगर कमिटीको प्रतिबद्धतापत्रमा सबै दलले लागु गर्न सकिने विषय रहेको जनाउँदै यसलाई काठमाडौँ र अन्य स्थानीय तहले पनि प्रयोग गर्न सक्ने जिकिर गरे ।

पार्टीका तर्फबाट नगर प्रमुख उम्मेदवार बालकृष्ण श्रेष्ठले नगरपालिकामा भइरहेको भ्रष्टाचार शून्य बनाइने दृढता व्यक्त गर्दै आफू विजयी भएमा बूढानीलकण्ठ मन्दिर प्रवर्द्धन तथा कपन क्षेत्र डुबानरहित बनाउन गौरवका आयोजना ल्याइने र मनोरञ्जन, हरियाली क्षेत्र जस्ता विशेष पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

उपप्रमुखका उम्मेदवार प्रमिला सापकोटाले आफ्नो विजयपछि ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई विशेष ध्यान दिइने वचन दिइन् ।

पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा घोषणापत्र तयारी समितिका संयोजक कुमारप्रसाद ओझाले घोषणापत्र सार्वजनिक गर्दै अनुभवका आधारमा घोषणापत्रका सबै बुँदा वित्तीय, कानुनी र व्यावहारिक हिसाबले कार्यान्वयन गर्न सकिने जिकिर गरे भने पार्टी सल्लाहकार तथा समितिका सदस्य विष्णुप्रसाद शर्मा पराजुलीले सञ्चारग्राम, पत्रकार बिमा, तालिम–प्रशिक्षण–पुरस्कार जस्ता विषयबाट पत्रकारलाई समेटिने स्पष्ट गरे ।

समितिका सदस्य अशोक पाण्डेले पार्टीले नगरका वडा नं ५, ७, ८ र १० वडामा अन्य दलसँग तालमेल गरी बौद्धिक र सक्षम उम्मेदवार खडा गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस