२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौँ : उपप्रमुख

अ+ अ-

टीकापुर । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने जनाएका छन् ।

ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा उपाध्यक्ष पदमा पुरुष उम्मेदवार छन् । अन्य पार्टीबाट भने उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । यी दुवै पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यी पालिकामा नेकपा (एमाले) सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

टीकापुरमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता खडक शाह उपप्रमुखको उम्मेदवार छन् । उनी टीकापुरलाई सुन्दर टीकापुर बनाउनुका साथै महिला, उत्पीडित जाति, लिङ्ग, समुदायका समस्या समाधानमा सक्रिय भएर काम गर्ने बताउँछन् ।

‘म स्वभावैले पनि महिलाका क्षेत्रमा काम गर्दै आएको मानिस हुँ । समाजमा सबै वर्ग तथा लिङगको समान अस्तित्वका लागि मैले पहल गर्दै आएको छु’’, उनले भने, ‘’यसका साथै सुन्दर टीकापुर बनाउने मेरो अभियान छ ।’’

टीकापुरमा एमालेबाट उपप्रमुख पदका उम्मेदवार उपमा केसी महिला हकहित, अधिकार स्थापना, महिलालाई स्वरोजगार बनाउनका लागि नेतृत्वमा आउन खोजेको बताउँछन् । ‘म यसअघि पनि कार्यपालिका सदस्य भएर महिलाको विकासका लागि काम गरेकी छु, महिलाको जागरणका लागि, आत्मनिर्भर बनाउन, क्षमता विकास गर्न काम गरेकी छु’, उनी भन्छिन्, ‘अब थप महिलाका सवालमा काम गर्नेछु ।’

नागरिक उन्मुक्ति पार्टीका टीकापुर नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार उल्कादेवी विक महिला सशक्तीकरणका लागि महिलालाई अवसर दिन, अगाडि बढाउनुका साथै पिछडिएका सबै बर्गलाई अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउँछिन् ।

‘सदियौँदेखि अवसर नपाएका समुदायका महिलालाई अघि ल्याउनेछु, म शिक्षा क्षेत्रबाट आएको भएकाले, शिक्षामा भएका विभेद समेत अन्त्य गर्नेछु’, उनले भनिन्, ‘यसका साथै उपप्रमुख पद जिम्मेवार पद भएकाले नगरपालिकामा सुशासन, भ्रष्टाचार नियन्त्रणमा मेरो पहल रहनेछ ।’

एमालेका तर्फबाट जानकी गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार गीता चौधरी महिलाका सवाल, समस्याको थुप्रो रहेकाले महिलाका समस्या समाधान गर्न, महिलालाई आयआर्जनसँग जोड्न, विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछिन् । ‘महिलाहरु उद्यमशील बन्न नसकेका, आयआर्जनमा जोडिन नसकेको अवस्था छ’, चौधरी भन्छिन्, ‘पहिलो प्राथमिकता महिलालाई व्यावसायिक, उद्यमशील बनाउन तथा आर्थिक क्रियाकलापमा जोड्न पहल गर्नेछु ।’

सत्ता गठबन्धनका तर्फबाट माओवादीका जानकीमा उपाध्यक्षमा पुरुष उम्मेदवार छन् । उपाध्यक्षका उम्मेदवार जयप्रकाश दहित आफूले युवा र बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभवलाई पालिकामा प्रयोग गर्ने बताउँछन् ।

‘युवालाई रोजगारीको समस्या छ । म युवालाई पालिकामै रोजगारीका वातावरण सिर्जना गर्नेछु’, उनी भन्छन्, ‘म पुरुष भए पनि महिलाका समस्यालाई नजिकबाट देखेको छु, समस्या महसुस गरेको छु । महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्न म थप सक्रिय भएर काम गर्नेछु ।’

नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जानकीमा उपाध्यक्षका उम्मेदवार लालमति कठरिया महिलालाई अगाडि बढाउने, महिलामाथि हुने विभेद अन्त्यका लागि आफू उपाध्यक्षमा आउन खोजेको बताउँछिन् ।

‘महिला बालविवाह, बहुविवाह, घरेलु हिंसाको सिकार भएका छन्, आफ्नै घरमा असुरक्षित छन्, आफ्नो घर उनीहरुका लागि असुरक्षित बन्छ’, उनी भन्छिन्, ‘महिलाका साना साना समस्यालाई समाधान गर्नेछु । महिलाका लागि पालिका घरजस्तै बनाउनेछु ।’