२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह

अ+ अ-

काठमाडौँ । भारतका लागि नेपालको राजदूतमा नियुक्त भएका डा. शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गरेका छन् ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र भारतमा रहेका नेपाली व्यवसायीहरूको संस्था एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इण्डस्ट्रिजद्वारा संयुक्तरूपमा सोमबार नयाँ दिल्लीमा आयोजित अन्तर्क्रियामा राजदूत डा. शर्माले नेपालमा लगानी प्रशस्त क्षेत्र रहेकाले तुलनात्मक लाभका क्षेत्रमा पुँजी परिचालन गर्न आग्रह गरे।

उनले भने, ‘नेपालमा लगानीका अनेक सम्भावना छन् लगानी गरेर मुनाफा कमाउन म भारतका उद्योगी–व्यवसायीहरूलाई आग्रह गर्दछु ।’

नेपाल–भारत सम्बन्धको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक सहजता, भाषा एवं सांस्कृतिक एकरुपताका साथै अन्य धेरै हिसाबले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न सहज हुने बताए ।

नेपाल र भारतबीचको भौगोलिक निकटता र कैयन् क्षेत्रका एकरुपताका कारण भारतीय उद्योगी व्यवसायीहरूलाई अन्यत्रको तुलनामा नेपालमा लगानी गर्न सहज हुने भएकाले लगानीका लागि आग्रह गरे ।

बैङ्किङ तथा रेमिटेन्स सेवा एवं निर्यात व्यापार तथा लगानीका अवसर विषयमा आयोजित सो अन्तर्क्रियामा डा शर्माले आफूले भारतमा गरेको कमाइको सुरक्षा एवं पारदर्शिताका लागि बैैंकबाटै नेपाल पठाउन सबैलाई आग्रह गरे ।

एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इण्डस्ट्रिजका अध्यक्ष युवराज बरालले भारतमा रहेका सबै नेपालीले आफ्नो सम्पर्कमा रहेका सबै भारतका व्यवसायीलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्नुपर्नेमा जोड दिए।

उनले नेपालमा लगानीका साथै भारतबाट हुने आयात–निर्यातमा नेपाली तथा भारतीय समुदायलाई आवश्यक नीति–नियम तथा लगानीको वातावरणका लागि समन्वय गर्न आग्रह गरे ।

त्यस अवसरमा नेपाल राष्ट्र बैङ्कको वैदेशिक विनिमय विभागका निर्देशक वासुदेव भट्टराई, एभरेस्ट चेम्बर अफ कमर्स एन्ड इण्डस्ट्रिजका महासचिव मोहन कार्कीले नेपालमा वैदेशिक लगानी तथा रेमिटेन्स आदिका विद्यमान नीतिहरूका बारेमा जानकारी गराएका थिए ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले भारतमा आफूले गरेको कमाइ बैङ्किङ च्यानलबाट पठाउन आग्रह गर्दै ग्लोबल आइएमई बैङ्कले विश्वका अन्य मुलुकजस्तै भारतबाट रेमिट्यान्स पठाउन पनि सहज बनाएको बताए ।

प्रवासी नेपालीले नेपालमा रकम पठाउन तथा दुई देशबीचका आयात– निर्यातका जटिलता समाधानमा सहजीकरण गर्न राजदूतको ध्यानाकर्षण गराएका थिए ।

दूतावासका कन्सुलर बद्री तिवारीको समन्वयमा भएको उक्त कार्यक्रममा भारतस्थित विभिन्न नेपाली व्यवसायी, नयाँ दिल्लीमा रहेका नेपाली व्यापारिक प्रतिष्ठान एवं बैङ्कका प्रतिनिधिलगायत उपस्थित थिए ।