काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्दा चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ तोकिएको छ ।
मङ्गलवार ९८ हजार रुपैयाँमा छापावाल, ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा १२ सय ७५४ रुपैयाँमा कारोबार भएको थियो ।