काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार ६ सय ६५ मत पाएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ४६ मत प्राप्त गरेका छन् ।
यस्तै, नेपाली काँग्रेसकी सिर्जना सिंहले २ हजार ६ सय ४० मत प्राप्त गरेकी छिन् ।
उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । उनले ५ हजार ८ सय ४४ मत पाएकी छिन् ।







