२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकीकृत समाजवादी कर्णालीको दुई महिने अभियान : गाउँ-गाउँ र बस्तीमा पुग्ने

अ+ अ-

वीरेन्द्रनगर । पार्टीलाई सुदृढीकरण गर्नका लागि एकीकृत समाजवादी कर्णालीका बस्ती-बस्तीमा पुग्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका प्रत्येक बस्ती तथा जनस्तरमा पुग्न समाजवादीले दुईमहिने अभियानको सञ्चालन गर्ने भएको छ ।

बिहीबार र शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको पार्टीको कर्णाली प्रदेशको तेस्रो पूर्ण बैठकले गाउँ बस्ती केन्द्रित भएर अघि बढ्ने निर्णय गरेको छ । पार्टीमा आवद्ध सबै नेता कार्यकर्तालाई पार्टीको साङ्गठनिक, राजनीतिक कामलाई तीव्ररूपमा अगाडि बढाउँदै जनस्तरसम्म पुग्न अभियानका साथ अघि बढ्ने बैठकले निर्णय गरेको हो ।

पार्टीको दुई महिने अभियानमा सङ्गठनको सुदृढीकरणसम्बन्धी क्रियाकलाप सञ्चालन हुनेछन् । ‘दुई दिनसम्म सञ्चालन भएको बैठकमा पार्टीलाई जनस्तरसम्म पु¥याउने र बलियो बनाउने विषयमा छलफल भएको थियो’, समाजवादीका सुर्खेतका जिल्ला अध्यक्ष मोहन बडुवालले भने, ‘आगामी निर्वाचनहरूमा अन्य दलहरूसँग तालमेल नगरिकनै सिङ्गलरूपमा पनि अगाडि बढ्न सक्ने गरेर पनि तयारी गरिनेछ ।’

अभियानका साथ प्रदेशका प्रत्येक बस्तीको तहसम्म जनस्तरमा पुग्ने गरी पार्टीका नेता र कार्यकर्ताहरूलाई निर्देशन दिइएको छ । यसका साथै बैठकमा विभिन्न साङ्गठनिक, राजनीतिक तथा समसामयिक प्रस्तावमाथि छलफल भएको बडुवालले जानकारी दिए । जसअन्तर्गत विकास निर्माणमा हुने गरेका ढिलासुस्ती, विकास बजेट समयमै खर्च नहुने प्रवृत्तिका विषयमा छलफल गरिनुका साथै यसलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा पार्टीका केन्द्रीय कमिटीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीति, नेपाल सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम, स्थानीय तहको निर्वाचनमा पार्टीले खेलेको भूमिका तथा त्यसको परिणाम र आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भूमिकाका सन्दर्भमा प्रशिक्षण दिएको नेता बडुवालले जानकारी दिए ।

‘विशेष गरेर बैठकको मुख्य उद्देश्य भनेको स्थानीय तहको निर्वाचनको समीक्षा र निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन रहेको थियो’, बडुवालले भने, ‘निर्वाचनमा भएका सफलता, असफलता तथा चुनौतीका विषयमा छलफल गरियो ।’