२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३५ लाख लुट प्रकरणमा प्रहरीकै समूह संलग्न, हवल्दार पक्राउ

अ+ अ-

काठमाडौँ । काठमाडौँको लैनचौरबाट ३५ लाख लुटपाट भएको घटनामा प्रहरीकै समूह संलग्न देखिएको छ । जेठ ८ मा लैनचौरस्थित ब्याडमिन्टन कोर्टमा सस्तोमा १ किलो सुन किन्न बोलाएर एउटा समूहले व्यापारीलाई लुटेका थिए ।

सो लुटमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी वृत मालिगाउँका हवल्दार सालिकराम नेपालीलाई पक्राउ गरेको छ । हवल्दार नेपालीलाई प्रहरी वृत सोह्रखुट्टेमा थुनामा राखिएको छ । लुटमा संलग्न अर्का एकजना पनि पक्राउ परेका छन् । लुटपाट भएको समयमा हवल्दार नेपाली ब्याडमिन्टन कोर्टमा गएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँले लुटमा प्रहरी संलग्न भएको तथ्य औपचारिक रूपमा पुष्टि गरेको छैन् ।

परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले सो घटनाबारे अनुसन्धान भइरहेको बताए । तर, प्रहरी पक्राउ बारे उनले बताउन चाहेनन् । लुटपाटमा नेपाल प्रहरी सङ्गीत विद्यालय र मानव बेचबिखन ब्युरोमा कार्यरत एकजना प्रहरीको संलग्नता देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताएका छन् । ​