छिरिङ शेर्पा र सरोज प्रजाको जोडी डान्सिङ स्टार्स नेपालको उपाधि जित्न सफल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

छिरिङ शेर्पा र सरोज प्रजाको जोडी डान्सिङ स्टार्स नेपालको उपाधि जित्न सफल


११ असार २०७९, शनिबार


काठमाडौँ । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो ।

एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् । उनले धोको आगामी सिजनमा स्टारको रूपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन् ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको धोको फिनालेमा गायिका प्रविशा अधिकारीले साङ्गीतिक प्रस्तुति समेत दिएकी थिइन् ।

डान्सिङ स्टार्स नेपाललाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस