२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाऔँ : राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फर्छ्यौटलाई अभियानका रुपमा अघि बढाइनुपर्नेमा जोड दिएकी छन् ।

महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले अभियानका रुपमा बेरुजु फर्छ्यौट गरेपछि बेरुजु राख्न नदिने गरी आर्थिक अनुशासन पालना गरिनुपर्ने बताइन् ।

आर्थिक शुद्धताले नै सुशासन कायम गर्न सहयोग गर्ने भएकाले यसमा सरोकार भएका सबै निकायको ध्यान जानुपर्ने राष्ट्रपति भण्डारीले सुनाइन् ।

‘महालेखापरीक्षकको प्रतिवेदनमार्फत उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा लिएर दोहोर्‍याउन दिनुहुँदैन, सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शिता हुनुपर्छ, सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रतिवेदनले काम गरेको छ’, उनले भनिन् ।

अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फर्छ्यौटलाई सरकारले प्रयास गरिरहेको उल्लेख गर्दै वित्तीय व्यवस्था सुधारमा सरकार लागिपरेको बताए । रु छ खर्ब ७६ अर्ब बेरुजु फर्छ्यौटमा मन्त्रालय लागेको उनले कार्यक्रममा जानकारी गराए ।

‘आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा बेरुजु फर्छ्यौटलाई प्राथमिकता दिइएको छ, महालेखा परीक्षकको कार्यालयलाई आवश्यक भौतिक तथा वित्तीय सहयोग गरिन्छ’, मन्त्री शर्माले भने ।

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले १५ वर्षअघिको कम्प्युटर, ल्यापटप, मोबाइललाई त्यस बेलाको मूल्यमा परिवर्तन गरेर बेरुजु देखाउने काम न्यायसङ्गत हुन नसक्ने बताए । देश आर्थिक अप्ठ्यारोमै रहेकाले फजुल विदेश भ्रमण र फजुल खर्च नियन्त्रण गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखा परीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराए ।

कोरोना महामारीका कारण कार्यालयको वार्षिकोत्सव मनाउन नपाइएको उल्लेख गर्दै उनले यस वर्ष उत्कृष्ट कार्यसम्पादन भएका सात जना कर्मचारीलाई पुरस्कृत गरिएको सुनाए ।

‘कोभिडको छुट्टै लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिनेछ, महालेखापरीक्षकको कार्यालयको पनि अन्तर्राष्ट्रिय लेखापरीक्षकले लेखापरीक्षण गर्ने प्रावधान अनुसार थाइल्यान्डको लेखापरीक्षण संस्थाले लेखापरीक्षण गरी राम्रो काम गरेको प्रतिवेदन दिएको छ’, महालेखापरीक्षक शर्माले भने ।

कार्यालयले यसै वर्षदेखि जोखिममा आधारित लेखापरीक्षण प्रणालीलाई अवलम्बन गरेको छ । यस वर्ष बेरुजु फर्छ्यौटमा उत्साहजनक काम हुन नसकेको सो अवसरमा जानकारी गराइएको थियो ।

स्थानीय तहमा बढी अनियमितता देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । सुशासन बहालीका लागि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको थियो ।

उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले लेखा परीक्षणको गुणस्तरीयताबाट नै सुशासन प्रत्याभूति हुने विषयलाई आत्मसात् गर्न आग्रह गरे ।

कार्यालयले छ हजार भन्दा धेरै सार्वजनिक निकायको लेखापरीक्षण गर्ने गरेको छ । विसं २०१६ असार १५ गते स्थापना भएको कार्यालय आजदेखि ६३ वर्ष पूरा गरी ६४ वर्षमा लागेको छ ।