१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश प्रदेशका १०५ पालिकामा वृक्षरोपण गरिन्छ : नवनियुक्त वनमन्त्री यादव

अ+ अ-

काठमाडौँ । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जनताको रहर हरित सहर’ कार्यक्रमअन्तर्गत तराई–मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने बताएका छन् ।

मन्त्री यादवले आज सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै मधेस प्रदेशका १०५ पालिकाहरूमा वृक्षरोपण गरी वनसँग जोड्ने बताएका छन् । ती पालिकामा अहिले वन (रुख विरुवा) नरहेको भन्दै मन्त्री यादवले राजमार्गको वरिपरी र नहरको वरिपरी नदी नियन्त्रणमा उपयोग हुनेगरी रुख विरुवा रोप्ने अभियानको थालनी गरिने बताएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ शपथ लिएलगत्तै मन्त्री यादवले मन्त्रालय पुगेर पदबहाली गरेका हुन् । सो अवसरमा मन्त्रालय मातहत विभाग र महाशाखा प्रमुखहरूले मन्त्रालयको गतिविधिबारे मन्त्री यादवसमक्ष ब्रिफिङ गरेका थिए ।

मन्त्री यादवको राजनीतिक यात्रा
मधेस आन्दोलनबाट राजनीतिमा उदाएका युवा नेता यादव तत्कालीन मधेसी जनअधिकार फोरम पर्साको अध्यक्ष बनेका थिए ।

पर्सा वीरगञ्ज महानगरपालिका–२२ मनिहारी स्थायी घर भएका मन्त्री यादव बाल्यकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आए । उनी विसं २०७० को संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए ।

पछिल्लो विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट उनी निर्वाचित भएका थिए । मन्त्री यादव हाल जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री पदमा सिफारिस भएका थिए ।