२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नबिल  र नेपाल बङ्गलादेश बैङ्कले एकीकृत कारोबार सुरु गर्दै 

अ+ अ-

काठमाडौँ । नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी असार २७ गते एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । नेपाल बङ्गलादेश बैङ्कको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूले सोमबारबाट नबिल बैङ्क लिमिटेडेको प्रादेशिक शाखा कार्यालयको रूपमा कारोबार सञ्चालन गर्ने नबिल बैङ्कले जनाएको हो ।

दुवै बैङ्कको सम्पूर्ण तथ्याङ्कलाई एकल बैङ्किङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनको लागि असार २४ गते शुक्रबारदेखि असार २७ गते सोमबारसम्म नबिल बैङ्कका सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबार बन्द रहने जनाइएको छ ।

यस्तै असार २५ गते शनिबार सार्वजनिक बिदाको दिन सञ्चालन हुने सम्पूर्ण काउन्टर तथा अन्य बैंकिङ्ग सेवा बन्द रहने बैङ्कले जानकारी दिएको छ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने छ । त्यसै गरी नेपाल बङ्गलादेश बैङ्कमा भने असार २३ गते बिहीबार कार्यालय समयपछि असार २७ गते सोमबार बिहान कार्यालय समय बैङ्कका सम्पूर्ण बैङ्किङ सेवा तथा कारोबार बन्द रहनेछ ।

उक्त समयमा बैङ्कका क्रेडिट कार्ड भने सञ्चालनमा रहनेछ । ग्राहकको सुविधाको लागि साबिक नेपाल बङ्गलादेश बैङ्कबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्था मिलाइएको छ । 

त्यस्तै बङ्गलादेश बैङ्कले जारी गरेका डेबिट र क्रेडिट प्रिपेड कार्डहरू सोमबार बिहान कार्यालय समय पश्चात् सुचारु हुने छन् । बङ्गलादेश बैकले जारी गरेका सबै प्रकारका कार्डहरू क्रमिक रूपमा प्रतिस्थापन गर्न ग्राहकहरूलाई सूचित गरी नयाँ कार्डहरू उपलब्ध गराइने नबिल बैङ्कले जनाएको छ ।