२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेका दुई नगरपालिकाको खानेपानी दूषित

अ+ अ-

काभ्रेपलान्चोक । जिल्लाका दुई ठुला नगरपालिकाको खानेपानी दूषित भएको परीक्षणले देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकामस्थित धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको पिउने पानीमा दिसाजन्य कीटाणु भेटिएको जनाएको छ ।

परीक्षणबाट दुई नगरपालिकाको खानेपानीमा पानीजन्य रोगको जोखिम पुष्टि भएको कार्यालयका प्रमुख डा. पुरुषोत्तम सेडाइँंले बताए । उनका अनुसार धुलिखेलमा धुलिखेल खानेपानी आयोजनाद्वारा वितरण भइरहेको तथा खानेपानी संस्थानद्वारा बनेपामा वितरण भइरहेको खानेपानीमा दिसाजन्य कीटाणु (फेइकल कोलिफर्म–इकोली) भेटिएको हो ।

यस्तै दुई ठुला नगरपालिकाको खानेपानी दूषित पाइएपछि कार्यालयले अन्य स्थानीय तहमा विपरीत खानेपानी परीक्षण थालेको जनाएको छ । पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा खानेपानीको नमुना सङ्कलन कार्य भइरहेको सेढाइँले बताए ।

‘अन्य स्थानीय तहका खानेपानी क्रमशः परीक्षण गर्दै जानेछौँ’ , उनले भने । काभ्रेपलान्चोकमा १३ स्थानीय तह छन् । हाल जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीय स्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम भइरहेको जनाइएको छ । सेढाइँले भने , ‘सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौँ ।’

कार्यालयले जोखिममा द्रुत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएकोसमेत स्वास्थ्यप्रमुख सेढाइँले बताए । कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरै पटक पातलो दिसा गरेमा तुरुन्तै स्वास्थ्य संस्थामा उपचारार्थ जान तथा लैजान अपिल गरेको छ ।

दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो ।