१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्तिपुर टिभीले छिट्टै सेयर जारी गर्ने

अ+ अ-

काठमाडौँ । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले सर्वसाधारणलाई छिट्टै सेयर जारी गर्ने भएको छ ।

कान्तिपुर टेलिभिजन २० औँ वर्ष प्रवेशका अवसरमा हिजो (बिहीबार) आयोजित विशेष समारोहमा केटिभीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने घोषणा गरेका हुन् ।

सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले सेयर निष्कासनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

‘हामीले १९ वर्षसम्म मेहनत गरेर दर्शकको विश्वास जितेका छौँ, यो सफलतामा आगामी दिनमा सर्वसाधारण लगानीकर्तासँग साझेदारी गर्न टेलिभिजनलाई पब्लिक लिमिटेड बनाएका हौँ,’ अध्यक्ष सिरोहियाले भने ।

उनले कान्तिपुर टिभी मुलुककै उत्कृष्ट र अग्रणी टेलिभिजन भएको बताए । उनले आमजनताको जनजीविका मुद्दादेखि राजनीतिक एजेन्डा स्थापित गर्न टेलिभिजन सक्षम भएको उल्लेख गरे ।

निर्देशकहरू उपेन्द्र महतो र जीवा लामिछानेले टेलिभिजनका लागि आगामी दिन चुनौती र अवसर दुवै भएकाले सशक्त रूपमा अघि बढ्नुपर्नेमा जोड दिए ।

यस्तै प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाईले चुनौतीहरू भए पनि संस्था तिनलाई सामना गर्न प्रतिबद्ध रहेको बताए । समारोहमा वर्षका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

सन् २००३ जुलाईमा स्थापित कान्तिपुर टेलिभिजन टेरेस्टरियल स्टेसन र स्याटेलाइटको माध्यमबाट विविध कार्यक्रम प्रसारण गर्ने निजी क्षेत्रबाट सञ्चालित पहिलो टिभी च्यानल हो ।

प्रतिक्रिया दिनुहोस