१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगातार दोस्रो जितसहित अफगानिस्तान एसिया कपको सुपर चारमा

अ+ अ-

काठमाडौँ । लगातार दोस्रो जित निकाल्दै अफगानिस्तान एसिया कप क्रिकेटको सुपर चारमा पुगेको छ।

युएईमा जारी प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा मंगलबार राति बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तान समूह विजेता भएर अघिल्लो चरणमा प्रवेश गरेको हो।

पहिलो खेलमा श्रीलंकालाई ८ विकेटले हराएको अफगानिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि सानदार जित निकाल्यो।

बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानस्तानले १८।३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

अफगानिस्तानको जितमा नाजिबउल्लाह जाड्रानले १७ बलमा सर्वाधिक ४३ रन बनाए। यस्तै इब्राहिम जाड्रानले अविजित ४२ रन बनाए। हाज्रातुल्लाह जाजईले २३ र कप्तान मोहम्मद नाबीले ८ रन बनाए।

बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साईफुदिनले समान १(१ विकेट लिए।

त्यसअघि शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो ।

उसका लागि मोसाडिक होसेनले अविजित ४८ रन बनाए। महमुदुल्लाहले २५ तथा मेहेदी हसनले १४ रन बनाए। आफिफ हसनले १२ र कप्तान शाकिब अल हसनले ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अफगानिस्तानका मुजिब उर् रहमान र राशिद खानले समान ३(३ विकेट लिए।

यो जितसँगै समूह बी को अफगानिस्तानले २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहँदै सुपर चारमा प्रवेश गरेको हो। अब यो समूहबाट बंगलादेश र श्रीलंकाबीच हुने खेलले सुपर चारमा प्रवेश गर्ने दोस्रो टोलीको टुंगो लाग्नेछ।

प्रतिक्रिया दिनुहोस