२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इच्छाराजसँग जोडिएका थप ३५ जनाको सम्पत्ति पनि अनुसन्धानको दायरामा

अ+ अ-

काठमाडौँ । सिभिल सहकारी संस्था ठगी गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोग लागेका व्यवसायी इच्छाराज तामाङसँग जोडिएका थप ३५ जना पनि अनुसन्धानको दायरामा परेका छन् ।

तामाङ, उनको परिवार र उनी संलग्न कम्पनीको कारोबारमा जोडिएको पाइएका व्यक्तिहरू सम्पत्ति शुद्धीकरणमा संलग्न हुन सक्ने देखिएपछि अनुसन्धानको दायरामा परेका हुन् ।

सिभिल सहकारी संस्था ठगी प्रकरणमा जोडिएका तामाङ तथा उनको परिवार र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनको परिवार विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो ।

यस्तो अनुसन्धान गर्दै जाँदा विभागले ४१ जनाले शङ्कास्पद कारोबार गरेको र उनीहरूको अनुसन्धान गर्नुपर्ने तथ्य फेला पारेको थियो । विभागले तामाङ, उनकी श्रीमती सिर्जना, छोरीहरू प्रतीक्षा र प्रतिष्ठा तथा सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठ र उनकी श्रीमती मिना विरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिसकेको छ ।

तामाङ र श्रेष्ठको परिवार बाहेक थप ३५ जना पनि सम्पत्ति शुद्धीकरणमा संलग्न भएको हुन सक्ने देखिएकोले अनुसन्धान भइरहेको विभागका एक अधिकारीले जानकारी दिए । ‘अनुसन्धान गर्दै जाँदा ४१ जनामाथि अनुसन्धान गर्नुपर्ने देखिएका थियो, यसमध्ये इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना, छोरीहरू प्रतीक्षा र प्रतिष्ठा तथा सहकारीका तत्कालीन अध्यक्ष श्रेष्ठ र उनकी श्रीमती मिना विरुद्ध मुद्दा दायर गरिसकेका छौँ, थप ३५ जनामाथि अनुसन्धान भइरहेको छ,’ विभागका ती अधिकारीले भने ।

अहिले अनुसन्धान भइरहेका व्यक्तिहरू तामाङ र उनको कम्पनीको कारोबारमा संलग्न देखिएका व्यक्तिहरू हुन् । तामाङ र उनको कम्पनीको प्रत्यक्ष रूपमा कारोबारमा संलग्न देखिनु नपर्ने तर करोडौँको बैङ्किङ कारोबार भएका पाइएपछि त्यस्ता व्यक्ति विरुद्ध पनि विभागले अनुसन्धान सुरु गरेको हो । तामाङ र श्रेष्ठ तथा उनीहरू संलग्न कम्पनी तथा उनीहरूको परिवारको बैङ्क खाता अध्ययनको क्रममा यस्तो तथ्य फेला परेको थियो ।

ती अधिकारीले भने, ‘यो केसमा हामीले साढे ४ सय बैङ्क खाताको अध्ययन गर्‍यौँ, त्यसमध्ये ३३० वटा जति बैङ्क खाताबाट सम्पत्ति शुद्धीकरणको प्रयास भएको पाइयो, यस्तै अनुसन्धान गर्दै जाँदा जम्मा ४१ जना व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने देखिएपछि हामीले अनुसन्धान गरेका हौँ ।’